Advertisement
Advertisement
Advertisement
Advertisement

लक्ष्मी बैंकले दियो १ हजारभन्दा बढी विद्यार्थीलाई खुत्रुके

  |      13:02:00   |  
Web : Image
Web : Image

चैत १६, काठमाडौं। विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक) २०२१ को उपलक्ष्यमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ। 

बैंकको वित्तीय साक्षरता आभियानअन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयका १ हजारभन्दा बढी विद्यार्थीलाई सामान्य वित्तीय साक्षरतासम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउँदै खुत्रुके वितरण गरिएको थियो। यसका साथै युवाहरुमा प्रविधिको प्रयोग गरी बैंकिङ गर्ने बानीको विकास गर्ने उद्देश्यले विभिन्न व्यवसायमा आबद्घ साना व्यवसायीलाई डिजिटल बैंकिङको प्रयोगसम्बन्धी ३ वटा तालिम सत्र सञ्चालन गरिएको थियो।

यसैगरी लक्ष्मी बैकको परिकल्पना तथा सौजन्यमा निर्मित वित्तीय साक्षरता अभिवृद्घिसम्बन्धी वृत्तचित्र ‘समृद्घिको अभियान, लक्ष्य वित्तीय ज्ञान’ नेपाल टेलिभिजनबाट २०७७ चैत १० गते तथा चैत १५ गते प्रसारण गरिएको थियो। 

विश्व वित्तीय सप्ताहकै उपलक्ष्यमा वित्तीय जानकारीसहितको नववर्ष २०७८ सालको वार्षिक भित्तेपात्रो (क्यालेन्डर) को पाँचौँ संस्करणको विमोचन गरिएको थियो। २० हजार प्रति क्यालेन्डर छापी सात वटै प्रदेशका दुर्गम क्षेत्रमा यस्तो क्यालेन्डर वितरण गर्ने तयारी गरिएको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता अभियानलाई प्रमुख प्राथमिकतामा राख्दै लक्ष्मी बैंकले यसअघि पनि विभिन्न सहभागितामूलक तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। भविष्यमा पनि यसलाई निरन्तरता दिँदै अधिकतम जनसमुदायमाझ वित्तीय सचेतना फैलाई वित्तीय पहुँच विस्तार गर्ने बैंकको योजना रहेको छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement