चैत १२, । रौतहटमा आधा शरीर जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । बिहीबार बिहान यमुनामाई गाउँपालिका वडा नम्बर ५ झुनखुनुवास्थित बस्ने सुन्दर साहको खेतमा पहिचान खुल्न नसकेको महिलाको शव बरामद भएको प्रहरीले जनाएको छ ।
नामथर वतन नखुलेको अन्दाजी २५ वर्षीय महिलाको शरीर आगोमा आधा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्दिविक्रम शाहले बताए ।
घटना संकास्पद भएकाले विशेषज्ञ कुकुर आइरहेको बताउँदै उनले पहिचान गर्ने सक्ने व्यक्तिहरुले सहयोग गर्न एसपी साहले अनुरोध गरे ।
मृतकको शव खेतमा जलेकाले पनि कसैले सुनियोजित तरिकाले हत्या गरेको हुनसक्ने प्रहरीले आशंका रहेको छ ।
रातोपाटीबाट साभार