चैत ७, काटमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।
प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती हुने जनाएको छ ।
शनिबार बिहान १० बजेदेखि अपरान्ह् २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ । सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काटिन लागेको प्राधिरकणले जनाएको छ । यस्तै, सोही फिडरको बत्तिसपुतली क्षेत्रमा बिजुली कटौती हुनेछ ।
बिहान ८ बजेदेखि अपरान्ह् ४ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको भनाइ छ । पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगंगा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा लाइन मर्मत गर्न लागिएकाले लाइन काटिन लागेको प्राधिरकणको सूचना छ ।
प्राधिकरणका अनुसार शनिबार देशका विभिन्न स्थानमा लाइन मर्मत गर्न बिजुली कटौती गर्न लागिएको छ । लाइन कटौती भएका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।
- रासस
वैशाख २४,काठमाडौं । स्पेनका लागि पूर्वराजदूत दावा फुटी शेर्पाले महिलाले भोग्नुपर्ने...
वैशाख २४,काठमाडौं । स्पेनका लागि पूर्वराजदूत दावा फुटी शेर्पाले आमाको संघर्षबाट प्रेरित...
वैशाख २४,काठमाडौं । हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...
वैशाख २४,काठमाडौं । लभ लभ लभ, आमा, परस्त्री’ जस्ता फिल्म निर्माण गरेकी निर्माता शर्मिला...
वैशाख २४,काठमाडौं । खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको...
वैशाख २४,काठमाडौं । दाङमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी...
वैशाख २४,काठमाडौं । गलकोट बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीन तलामाथिबाट लडेर...
वैशाख २४,काठमाडौं । भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ...
वैशाख २४,काठमाडौं । केपिलासगढी गाउँपालिकामा विपन्न महिलाको प्रगतिका लागि ग्रामीण महिला...