Advertisement
Advertisement
Advertisement
Advertisement

रकम लिएर केटालाई छोडिदिन आग्रह अस्वीकार गरेपछि केटालाई विदेश भगाउने षड्यन्त्र

  |      12:58:00   |  
web image
web image

कार्तिक ३, काठमाडौं । गैरदलित युवकसँग प्रेम विवाह गरेकी सिराहाको गोलबजार नगरपालिका १ माइती भएकी करिब २४ वर्षीया देविका सदायले रकम लिएर केटालाई छोडिदिन गरेको आग्रह अस्वीकार गरेपछि परिवारजनले केटालाई विदेश भगाउने षड्यन्त्र गरिरहेको गुनासो गरेकी छिन्। 

सिराहाको मिर्चैया नगरपालिका ९ भगवानपुर गाउँका २५ वर्षीय विजय महतोसँग करिब दुई वर्षअघि प्रेम विवाह गरेकी सदायले प्रहरीको रोहबरमा भएको छलफलमा केटाका आफन्त र  परिवारले रकम लिन पटक-पटक गरेको आग्रह अस्वीकार गरेपछि ४ कात्तिकमा खाडी मुलुक कतार भगाउने षड्यन्त्र रचिएको बताइन्।

‘जातीय रूपले नमिलेको भन्दै १० लाख रुपैयाँ लिएर केटालाई छोडिदिन अप्रत्यक्ष रूपले दबाब थियो,’ उनले भनिन्, ‘दुई वर्षसम्म श्रीमतीको रूपमा राखेपछि अहिले रकमको प्रलोभन दिएर मलाई थप अप्ठ्यारोमा पार्न खोजिएको छ।’

गत असोजमा दुईपटक मिर्चैयास्थित इलाका प्रहरी कार्यालयमा परिवार र उनका आफन्तसँग भएको छलफलमा भागेका भनिएका आफ्नो श्रीमानलाई खोजेर ल्याउने भनिए पनि आलटाल मात्र गरिएको उनको गुनासो छ। 

‘पछिल्लोपटक त रकम लिएर मिल्न पो दबाब दिए,’ उनले भनिन्, ‘दलित समुदायकी भनेर कसैको इज्जतमाथि खेलबाड गर्न पाइन्छ?’

भगवानपुरमा रहेका फुपाजुको घरमा आश्रय लिएर बस्दै आएको बेला ट्याक्टरचालकको काम गर्ने महतोले विवाह गर्छु भन्दै श्रीमती बनाएर गत वर्षको साउनमा बन्दीपुरमा करिब पाँच महिना डेरामा राखेको उनले बताइन्। 

उनका अनुसार त्यसपछि मंसिरमा धनगढीमाई नगरपालिका १२ सिमलटेकी आहाले गाउँमा ऐलानी जग्गामा झुपडी बनाएर आफूलाई त्यहीँ राखी श्रीमान महतो कमाउन खाडी मुलुको कतार गएका थिए। 

‘विदेशमा रहुञ्जेल बेला बेलामा खर्चसमेत पठाउँदै आएका थिए, गत असोजको दोस्रो हप्ता कतारबाट गाउँ फर्किएलगत्तै फोन गरेर घरमा बुहारी स्विकार्न माननेन्, म दोस्रो विवाह गर्छु भन्न थालेपछि छाँगाबाट खसेजस्तै भएँ।’

परिवारले लुकाए, प्रहरीको बेवास्ता कतारबाट आएका श्रीमानले परिवारको कारणले आफूलाई श्रीमतीको रूपमा राख्न नसक्ने बताएलगत्तै मिर्चैया प्रहरीमा उजुरी दिएपछि परिवारले नै लुकाएको उनको आरोप छ। 

‘उजुरी दिएपछि दुईपटकसम्म प्रहरीको रोहबरमा भएको छलफलमा लुकाइएका श्रीमानलाई हाजिर गराउँछौँ मात्र भने तर ल्याएनन्,’ उनले भनिन्, ‘प्रहरीले पनि बेवास्ता गरेपछि अहिले विदेश भगाउने तारतम्य मिलाइएको हो।’

पीडित सदायले १० असोजमा मिर्चैयास्थित इलाका प्रहरी कार्यालयमा श्रीमान् महतोलाई कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन्। श्रीमान पहिलोपटक कतार जानुअघि आफू गर्भवती रहेको थाहा पाएपछि झुक्याएर गर्भपतन गराउने औषधि खुवाएर गर्भपतन गराएको उनले बताइन्। ‘गर्भ खेर गएपछि अर्कैसँग विवाह गर्छे भन्ने योजनासहित त्यसो गरेको रहेछ,’ उनले भनिन्। 

प्रहरी भन्छ :विकल्प अदालत 

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले सदायले उजुरी दिएपछि परिवारलाई झिकाएर कुराकानी गरिएको जानकारी दिए। 

दुवै पक्षसँग छलफल गरिए पनि केटालाई उपस्थित नगराइएपछि आफूले पीडित पक्षलाई अदालत जान सुझाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। 

‘प्रहरीमा परेको कारबाहीसम्बन्धी उजुरीको आधारमा केटालाई झिकाउन भनिएको हो, केटालाई नल्याइएपछि के कारबाही गर्ने प्रहरीले?’ उनले भने, ‘तसर्थ पीडितले नाता कायम, माना चामल वा अंशबन्डासहितको दाबी गर्दै अदालत जाँदा राम्रो हुन्छ, त्यो काम प्रहरीको क्षेत्राधिकारमा पर्दैन।’ प्रहरीमा कुनै पनि खालको फौजदारी अभियोगसम्बन्धी जाहेरी दर्ता नरहेकाले केटा जहाँ गए पनि आफूहरूले केही गर्न नसक्ने उनको भनाइ छ।नयाँ पत्रिका सभार  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement