Advertisement
Advertisement
Advertisement
Advertisement

मुस्कान खातुनले भनिन् एसिड आक्रमणको दाग मेरो शक्तिको प्रतीक हो

  |      11:07:00   |  
Web Image
Web Image


 फागुन २५, काठमाडौ । अमेरिकी सरकारले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला ९आईडब्ल्यूओसी० पुरस्कार एसिड आक्रमणमा परेकी पर्साकी मुस्कान खातुनलाई प्रदान गरिएको औपचारिक घोषणा भर्चुअल कार्यक्रममार्फत गरिएको छ ।

गएराति आयोजित भर्चुअल कार्यक्रम मार्फत अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले मुस्कान खातुनलाई पुरस्कृत गरिएको औपचारिक घोषणा गरेका हुन् ।

अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारको औपचारिक घोषणा हुनु अघि पत्रकारसँगको भेटघाटमा मुस्कानले एसिड आक्रमणका कारण अनुहारमा बसेको दागलाई चोटको रुपमा नभएर शक्तिको प्रतीक बनाएर अगाडि बढ्ने बताइन् । उनले भनिन्, ‘यही दागको कारण आज मलाई विश्वले चिनेको छ । पीडकले दिएको यो दागलाई अब कमजोरीको रुपमा नभएर शक्तिको रुपमा लिएर अघि बढ्नेछु ।’

तेजाब हमला अन्त्यका लागि लक्षित उनको कार्यका लागि अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा मुस्कानले पुरस्कार व्यक्तिगत रुपमा नभएर सबै नेपालीले प्राप्त गरेको बताइन् । उनले भनिन्, ‘पीडकलाई कडा कारबाही हुनुपर्छ भनेर आवाज उठाएँ । सबैको साथले कानुन पनि बन्यो । त्यसैले यो पुरस्कार हामी सबैको हो ।’

अमेरिकी राजदूत रेन्डी बेरीले तेजाब हमलासम्बन्धी अपराधीहरूलाई दण्डित गर्न तथा रसायनको बिक्रीलाई नियमन गर्नका लागि अध्यादेश जारी गराउन मुस्कानको महत्त्वपूर्ण भूमिकाको कारण पुरस्कृत गरिएको बताए । उनले भने ‘मुस्कानले अपराधीलाई दण्डित गर्न कडा सजायको माग गर्दै उठाएको आवाजले महत्वपूर्ण भूमिका खेलेको छ । भविष्यमा पनि न्यायको लागि यस्तै आवाज उठिरहोस् ।’

शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस तथा नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दै आएको छ ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले पर्सा वीरगञ्जकी मुस्कानलाई २०७६ साल भदौमा एसिड आक्रमण गरेका थिए ।

पुरस्कार कार्यक्रम अमेरिकी दूतावासको फेसबुक पेजबाट लाइभ गरिएको थियो ।

अनलाइनखबर साभार


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement