हिमा वि,क
फागुन, २७ काठमाडौ। सरकारले सात ओटै प्रदेशका विभिन्न स्थानहरुमा औद्योगिक ग्राम घोषणा गरे पनि महिला उद्यमीलाई नै लक्षित गरेर १०० रोपनी जग्गामा औद्योगिक ग्राम स्थापनाको तयारी शुरु भएको छ । केन्द्व र स्थानीय सरकारको सहकार्यमा उद्यमशील महिलाहरुको पहलमा काभ्रेपलाञ्चोकको पाँचखालमा ‘ महिला यद्यमी हरित ग्रामीण क्षत्र’ स्थापना गर्न लागिएको हो ।
संस्थागत रुपमा महिला उद्याशीलता विकास गर्न नेपालमा पहिलोपटक महिला औद्योगिक ग्राम स्थापना गर्न लागिएको हो । यसका लागि विभिन्न महिला उद्यमीहरुको पहलमा पाँचखालमा ३० वर्षका लागि उतm रोपनी जग्गा भाडामा लिइसकिइको छ । महिला उद्यमी तथा साउन एशियन वुमन डेभलपमेन्ट फोरमकी अध्यक्ष प्रमिला रिजालले ग्राम स्थापनाका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने तयारी शुरु भएको जानकारी दिइन् ।
२ वर्षभित्र ग्राम सञ्चालन गरिने र त्यहाँ १२ ओटा उद्योग स्थापना हुने रिजालले जानकारी दिइन् । महिलाले मात्रै सञ्चालन गर्ने ती उद्योगहरु कृषिउपज, फलफुल उत्पादन तथा प्रशोधन लक्षित हुनेछन् । नयाँ प्रविधि ल्याउने, नयाँ तालिम, अनलाइन मार्केटिङसम्मका तालीम दिने तयारी पनि गरिएको छ । स्थानीय महिलालाई बढी प्राथमिकता दिए पनि उद्यम तथा उद्योेग स्थापना गर्न चाहिनेले पनि सहभागी हुन पाउनेछन् ।