फागुन २४, काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत महिला हवल्दार ताराकुमारी श्रेष्ठलाई अख्तियारले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हवल्दार श्रेष्ठसहित अर्का एक जनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । हवल्दारसँगै पक्राउ पर्नेमा होटल सञ्चालक अनिश जोशी छन् ।
उनीहरुको साथबाट ११ लाख घुस रकम बरामद गरिएको अख्तियारका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले रातोपाटीलाई बताए । भन्सार चोरी, निकासीको आरोपमा गौशाला प्रहरीको हिरासतमा रहेका थुनुवालाई छुटाउँछु भनेर उनीहरुले घुस लिएका थिए ।
माघ १७ मा रामेछाप लिखु–तामाकोशी गाउँपालिका घर भएका मिलन श्रेष्ठ गौरीघाटस्थित संगम चोकबाट १ सय ६७ थान मोवाइलसहित पक्राउ परेका थिए । त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरणले उनलाई गौशाला प्रहरीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । मिलनलाई छुटाइदिन्छु भनेर उनीहरुले घुस मागेका हुन् ।
भारतबाट बा१८च ७५११ नम्बरको गाडीमा भन्सार छलेर ल्याएको मोवाइल प्रहरीले बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको थियो । सो मुद्दामा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको थियो ।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...