फागुन, २८ काठमाडौं । बलिउड अभिनेत्री तथा मनीषा कोइरालाले महाशिवरात्रिका अवसरमा ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गरेकी छन् । महामृत्युञ्जयमा मनीषासँगै सुरेन्द्व क्षेष्ट र सरस्वती खत्रीको स्वर छ । परम्परागत शब्दमा तयार गरियको महामृत्यञ्जयमा संस्कृत शब्द छन् । यसको संगीत स्वर दिने श्रेष्टको सितार, प्रेम रानाको बाँसुरी र विकास सिंहको गिटार सुन्न सकिन्छ ।
मानिस अस्वाभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यका लागि यो मन्त्र तयार गरिएको गायिका मनिषाले जानकारी दिइन । टाइम्स म्युजिक स्प्रिचुअल युट्युब च्यानलबाट सार्वजनिक मन्त्रको भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गरेका हुन भने, उज्ज्वल जोशी र जावेद खानले यो मन्त्र छायांकन गरेका हुन् । दीप तुलाधारले रेकर्ड गरेको यस मन्त्रको भिडियो पशुपतिनाथ र पाटन दरबार क्षेत्रमा खिचिएको हो ।