पुष २१, काठमाडौं । कयौं चित्ता एकैसाथ जलिरहेका हुन्छन् त कहिले नदीको किनारमा डरलाग्दो आवज सुनिन्छ । कुनै फिल्मको सिन जस्तो लाग्ने यथार्थ भयानक र सुनसान ठाउँमा एक्लै रात बिताउने भारतकी एक महिलाको सत्य कहानी हो यो । साझ पर्ने बितिकै मनमा अनेकन डर पलाउँछन् कतै केहि भइहाल्ने पो होकी भन्ने तनाव मनमा मडारिन्छ । भारतको बनारसमा बर्षौदेखि मानिसको लासलाई अन्तिम संस्कार गरि बिदा गर्ने यमुना बिगत ४० वर्षदेखि मनिकर्णिका घाटमा जीवन बिताइरहेकी छिन् ।
चौंबिसै घण्टा के दिन के रात चिताले सजिरहने बनारसको मनिकर्णिका घाटमा भारतकै एक्ली महिला यमुना देवीको जीवन दाहसंस्कार ४ दशक बित्यो । उनलाई भारत देशभर डोम राजाको उपनामले पनि चिनिन्छ ।
उनको विवाह ९ बर्षकै उमेरमा भएको थियो । विवाह भएको एक वर्षमै उनको श्रीमानको मृत्यु भयो । सात जुनीसँगै बाच्नेमर्ने कसम खाएका श्रीमान नै नभएपछि परिवार र समाजले एक्ली महिलालाई स्विकार्न त परै जाओस, परिवारका सदस्यले यहाँ किन बस्छौं जब तिम्रो श्रीमान नै नभएपछि भनेर रातदिन कचकच गर्न थालेपछि उनी एक हिसाबले बेसहार जस्तो भएकी थिइन्।
परिवारले माइत जाउ भनेपछी उनले आफनो भाइसँग कुरा गरिन् । उनका भाइले आग्रह गरेर दिदी यमुना देवीका लागि डोम राजा रंजीत चौधरीलाई भनेर घाटमा काम गर्ने व्यवस्था दिलाइदिन प्रयास गरे । तर, डोम राजा चौधरी भने मानेनन् । डोम राज भनेको घाटमा लासलाई अन्तिम पटक मुखमा पानी खुवाउनेलाई भनिन्छ । उक्त घाटमा यो प्रचलन वर्षाैदेखि चलिआएको छ । तर, यमुना देवीले म काम गर्छु भनेर अड्डी कसेपछि ४० वर्ष अगाडी डोम राजाका प्रमुख चौधरी यमुनालाई काम दिन राजी भए । त्यसयता, यमुना देवी मनिकर्णिका घाटमा दाहसंस्कारामा गरिने सम्पूर्ण जिम्मेवारी वहन गर्न थालिन् ।
पहिलो पटक यमुना देवीले लासलाई आगो दिने बिडा अर्थात दागबत्ती उठाउँदा उनलाई हेर्ने घाटभरीका मानिसहरु चकित परेका थिए। पहिलो दिन मसानघाटमा रात बिताउन उनलाई निकै डर लाग्यो तर उनी आफ्नो अडानमा दृढ भइन् ।
पहिलो पटक घाटमा जाँदा उनलाई रोक पनि लागाईयो । तर, उनले पुलिसको सहयोग लिएर भएपनि काम गर्न सफल भइन् । उनको सहास र अठोट देखेर होला बिस्तारै डोम परिवारले पनि उनको कुरा बुझ्न थाले । कामलाई समर्थन गर्न थाले । त्यसयता उनी सोही घाटमा निरन्तर लास जलाउने र घाटमै दिनरात बिताउन थालिन् । मसानघाटमा सुरुका दिनमा जुन ठाउँमा बसेकी थिइन् अहिलेपनि उनी त्यही ठाउँमा बस्छिन् । डोम राजको नामले उनको नाम २७ नम्बरमा आउँछ ।
यमुना देवीले ४० वर्षमा घाटको प्रचलनमा नै परिवर्तन ल्याइन् । जबसम्म डोम राजाले दागबत्ति दिदैनन् तबसम्म स्र्वगमा मृत शरीरलाई शान्ति भन्ने मान्यतालाई नै उनले बदलिन् । दाहसंस्कारका कार्यमा सरिक हुने सबै कुराको बन्दोबस्ता मिलाइदिने अन्तिम बिदाइ उनकै हातबाट गर्छिन्। तर डोम राजाले नै मुखमा दागबत्ती दिनुपर्छ भन्ने परिपाटीलाई उनले तोडेकी छिन् । अहिले मनिकर्णिका घाटमा हरेक दिन आउने सयभन्दा बढी शवको दाहसंस्कारको जिम्मा उनले लिएकी छिन् ।
तत्कालिन प्रधानमन्त्री अटल बिहारी कुनैबेला एउटा दाहा संस्कारमा सरिक हुन मनिकर्णिका घाटमा उपस्थित भएका थिए । त्यो बेलामा पनि मसानघाटको जिम्मेवारी उनलाई नै दिएको थियो । पूर्वप्रधानमन्त्री बिहारीले उनको छेउमा आएर तपाई आत्मालाई शान्ति दिने मान्छे तपाईको घरमा आएर एक दिन खाना खान्छु भने । प्रतिउत्तरमा यमुनाले भनिन्, ‘साहेब मत अछुत छु हाम्रो घरमा तपाई कसरी खानु हुन्छ ।’ पुनः बिहारीले तपाई त यमुना हो गँगा जस्तै पबित्र । तपाईको घरको खाना त म अवस्यनै खान्छु ।’ यमुनाको घरमा धेरै नेताहरुले खाना खाएका छन् ।
श्रीमान वितिसकेपछि महिलाई गरिने अपहेलना, दुव्र्यवहार र अनेक प्रश्नहरुको बलियो जवाफ बनेर जिवनकालनै संघर्षले बिताएकी यामुना देवी आज पुरै भारत देशमा मात्रै हैन विश्वमा उनको बारेमा चर्चा हुने गर्छ ।