असोज १४,काठमाडौं । धादिङमा बाख्राले कोदो खाएको निहुँमा एक वृद्धाको हत्या भएको छ । ७० वर्षकी सुकमाया गुरुङको हत्या आरोपमा प्रहरीले नेत्रावती डबजोङ गाउँपालिका-४ का ३५ वर्षका मंगल गुरुङलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार १२ असोजको अपरान्ह ४ बजे सुकमायाको शव भेटिएपछि प्रहरीले उनको हत्यारा खाजी गर्न सुरु गरेको थियो । उनी आफ्नो घरदेखि केही पर गोठमा लुकेर बसेको अवस्थामा पक्राउ परेका प्रहरीले बताएको छ । प्रहरीले हत्यामा पक्राउ गरेको खुर्पा पनि बरामद गरेको छ ।
प्रहरीका अनुसार मृतक सुकमायाको गाईबाख्राले पटक पटक मंगलको अन्नबाली खाएको हुनाले सोही विषयमा विवाद हुँदा मैले सुकमायालाई खुर्पा प्रहार गरेको मंगलले स्वीकार गरेको प्रहरीले जनाएको छ ।