Advertisement
Advertisement
Advertisement
Advertisement

बलात्कार गरेको भन्दै झूटो आरोप लगाउने दुई महिला जेल

  |      13:55:00   |  
बलात्कार गरेको भन्दै झूटो आरोप लगाउने दुई महिला जेल

चैत ५, वीरेन्द्रनगर । गत वर्षको कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित स्थानीय पत्रिकामा कार्यरत युवतीले साल्ट ट्रेडिङका कर्मचारीविरुद्ध उजुरी गरिन् । पटकपटक यौन शोषण गरेको उनको दाबी थियो । केही दिन फरार रहेका कर्मचारी अन्ततः पक्राउ परे ।

मुद्दा जिल्ला अदालतमा पुगेपछि भने पीडित भनिएकी युवतीको बयान फेरियो । आफूलाई ती कर्मचारीले बारम्बार फोन गरिरहने भएकाले रिस उठेर बलात्कारको आरोप लगाएको अदालतमा बयान दिइन् । उनलाई गत भदौ १४ गते अदालतले दोषी ठहर गर्दै कर्मचारीलाई सफाइ दियो । युवतीमाथि एक महिना कैद र १५ सय रुपैयाँ जरिवानाको फैसला भयो ।
गत असोजमा वीरेन्द्रनगर नगरपालिकाका एक कर्मचारीमाथि झूटो आरोप लगाउने ३७ वर्षीया महिलालाई पनि अदालतले कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले गत सोमबार उनलाई ३ वर्ष ६ महिना कैद सजाय सुनाएको हो ।

होटलमा बोलाएर कर्मचारीले बलात्कार गरेको उनले आरोप लगाएकी थिइन् तर पछि उनले अदालतमा बयान फेरिन् । झूटो जाहेरी दिएर व्यक्तिको मानहानि गरेको ठहर गर्दै महिलालाई कैद सजाय तोकिएको जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले बताए । पछिल्लो समय कानुनको आडमा रिसइबी साध्न केही महिलाले झूटो आरोप लगाउने गरेको उनी बताउँछन् । ‘कानुनको फाइदा उठाएर लेनदेनलगायत विषयमा कुरा नमिलेपछि आरोप लगाउने प्रवृत्ति देखियो ।’ पछिल्लो ३ वर्षमा जिल्ला अदालतमा २ सय ४३ वटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन्, जसमध्ये ७६ मुद्दा फर्स्योट हुन बाँकी छ । चालु आर्थिक वर्षमा जबर्जस्ती करणीका ४८ मुद्दा दर्ता भएको अदालतले जनाएको छ ।

पछिल्लो समय पैसाको प्रलोभनमा परी मुद्दा दर्ता गर्ने र पुनः पैसाकै लोभमा बयान फेर्ने प्रवृत्ति बढेको अधिवक्ता दुर्गाप्रसाद सापकोटाले बताए ।
चाँदनी कठायतले लेखेको कान्तिपुर दैनिकमा प्रकाशित खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement