Advertisement
Advertisement
Advertisement
Advertisement

बंगलादेशको दुई दिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कने

  |      11:58:00   |  
web image
web image

 चैत १० , काठमाडौं । बंगलादेशको दुई दिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कने कार्यक्रम छ ।

बंगलादेशको राजधानी ढाकामा रहँदा भण्डारीको उच्च राजनीतिक नेतृत्वसँग विभिन्न दुईपक्षीय र क्षेत्रीय एजेण्डामा कुराकानी भएको छ ।

भण्डारीको भ्रमण पछिल्ला वर्षहरुमा दुई देशको बीचमा उच्च राजनीतिक तहमा बढ्दो आदान प्रदानको निरन्तरता हो ।

दुई पक्षीय सहकार्यको प्रचुर सम्भावना हुँदाहुँदै पनि विगत पचास वर्षमा दुई देशको सम्बन्धले अपेक्षाकृत गति लिएन् ।

तर, पछिल्ला केही वर्षयता दुई पक्षीय सम्बन्धमा केही गुणात्मक परिवर्तन आएको छ । दुई पक्षीय आदान प्रदान मात्र बढेको छैन्, दुई पक्षीय सहकार्यका क्षेत्रहरुमा केही प्रगति भएको छ ।

उच्चस्तरमा सुरु भएको भ्रमणले त्यसमा थप उत्साह थपेको छ र कर्मचारीतन्त्रमा सीमित रहेका एजेण्डा राजनीतिक तहमा पुगेका छन् ।

यस अर्थमा भण्डारीको भ्रमणले दुई पक्षीय सम्बन्धमा थप ईटा थप्ने काम गरेको छ । दुई वर्ष अगाडि बंगलादेशका अब्दुल हमिद नेपालको राजकीय भ्रमणका आएका थिए ।

बंगलादेश स्वतन्त्र देश भएपछिका वर्षहरुमा केही उच्चस्तरका भ्रमणहरु भए पनि त्यसपछि लामो समयसम्म भ्रमण हुन सकेन् ।

सार्कलगायतका क्षेत्रीय प्लेटर्फम र अन्य फोरममा सरकार र राज्य प्रमुखहरुको बीचमा साइडलाइन वार्ताहरु भए पनि दुई पक्षीय भ्रमणहरु भएनन् । जसले गर्दा दुई पक्षीय सहकार्यका कैयौं विषयहरु ठोसरुपमा अगाडि बढ्न सकेन् । पछिल्लो समयमा उच्चस्तरको भ्रमणसँगै अब सहकार्य अगाडि बढ्ने स्पष्ट संकेतहरु देखिएका छन् ।

भण्डारीको भ्रमणमा दुई देशको बीचमा चारवटा सम्झौताहरु भएका छन् । दुई देशको बीचमा रहेको पारवहन सम्झौतामा केही परिवर्तन गरिएको छ ।

जसअनुसार तेस्रो मुलुकसँगको व्यापारका लागि नेपालले बंगलादेशको थप रेलवे लाइनको प्रयोग गर्न सक्छ । भूपरिवेष्ठित मुलुक नेपाललाई पारवहन सुविधा दिदै आएको छ ।

नेपालले आफ्नो व्यापार र पारवहन सम्बन्धलाई विविधीकरण गर्ने नीति लिएको छ । त्यसैले भारत र चीनसँग नेपालले अब बंगलादेशले प्रदान गरेको पारवहन सुविधालाई अधिकतमरुपमा प्रयोग गर्ने र त्यसलाई विस्तार गर्ने नीति लिनु आवश्यक छ ।

त्यसैगरी दुई देशको बीचमा पर्यटन विस्तार गर्ने सम्बन्धमा पनि सम्झौता भएको छ । दुई मुलुकको बीचमा पर्यटनको प्रचुर सम्भावना रहे पनि त्यसको समुचित प्रवर्द्धन हुन सकेको थिएन् । त्यसैगरी दुई मुलुकको बीचमा सांस्कृतिक आदान(प्रदानलगायतका विषयमा पनि सहमति भएको छ ।

पछिल्लो समयमा दुई देशको बीचमा ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा केही प्रगति भएको छ । भण्डारीको भ्रमणमा पनि यो विषयले विशेष प्राथमिकता पाएको छ । त्यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गदै राष्ट्रपति भण्डारीले ऊर्जा व्यापारका लागि नेपाल, भारत र बंगलादेशको बीचमा सहकार्य आवश्यक भएको बताइन् ।

नेपालमा ऊर्जा उत्पादनको प्रचुर सम्भावना रहेको र बंगलादेशमा ऊर्जा संकट रहेकाले नेपालबाट उता ऊर्जा निर्यात गर्न सकिने विषयमा लामो समयदेखि छलफल चलिरहेको छ ।

नेपाल र बंगलादेशको बीचमा उच्चस्तरमा छलफलपछि अब तीन देशको बीचमा कर्मचारी तहमा छलफल गर्ने वातावरण बनेको छ ।

यसै साता हुने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणमा पनि यो विषयले प्राथमिकता पाउने सम्भावना छ किनभने लामो समयदेखि बंगलादेशको नेतृत्वले भारतसँग यो विषय उठाउँदै आएको छ ।

नेपाल र बंगलादेशको बीचमा ब्यापारको पनि प्रचुर सम्भावना रहेको छ । तर, नेपालको बंगलादेशसँग व्यापार असन्तुलन रहेको छ । नेपाली उत्पादन बंगलादेशमा निर्यात गर्नका लागि केही समस्याहरु देखा परेका छन् ।

ढाकामा भण्डारी र बंगलादेशको राजनीतिक नेतृत्वको बीचमा भएको कुराकानीमा पनि यो विषयले प्राथमिकता पाएको छ ।

व्यापारलाई प्रवर्द्धन गर्नका लागि दुई देशको बीचमा ‘प्रिफेन्सियल ट्रेड एग्रिमेन्ट’ ९पीटीए० सम्झौताका लागि कुराकानी पनि भइरहेको छ । यसको मस्यौदा पनि आदान प्रदान भइरहेको छ ।

भण्डारीसँगको शिष्टाचार भेटमा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले आफू सकेसम्म छिटो यो सम्झौताको पक्षमा रहेको बताएकी छन् । ‘यो सम्झौता दुवै देशको हितमा रहेको छ, यसले व्यापार र वाणिज्यलाई प्रवद्धन गर्छ,’ हसिनाले भण्डारीसँग भनिन् ।

पीटीएको सम्बन्धमा उच्च राजनीतिक तहमा भएको छलफलपछि अब यो विषय छिटो टुंगिने आशा संचार भएको छ । यस अगाडि दुई देशको बीचमा सन् २०२० भित्रै यो सम्झौतामा हस्ताक्षर गर्ने समझदारी बनेको थियो तर केही विषयमा सहमति हुन सकेको छैन् ।

नेपालले बंगलादेशसँग लिने पारवहन सुविधालाई अझ विस्तार गर्ने र दुई देशको बीचमा रेलवे र स्थलमार्गमार्फत नै कनेक्टीभिटी विस्तार गर्ने सम्बन्धमा पनि पछिल्ला वर्षहरुमा प्रगति भइरहेको छ । दुई देशको बीचमा हवाई उडानलाई विस्तार गर्ने सम्बन्धमा पनि केही प्रगतिहरु भएका छन् ।

काठमाडौं र ढाकाको बीचमा मात्र होइन्, बंगलादेशका विभिन्न सहर र नेपालका विभिन्न सहरको बीचमा हवाई उडानको संख्या बढाउने विषयमा पनि कुराकानी भइरहेको छ ।

गत वर्षमात्र दुई मुलुकको बीचमा बंगलादेशको साइदपुर विमानस्थल र विराटनगरको बीचमा हवाई उडान सुरु गर्ने सम्बन्धमा सहमति भएको थियो ।

साथै, नेपाल, भारत र बंगलादेशको नदीहरुको बीचमा वाटरवेज संचालन गर्ने सम्बन्धमा पनि प्रारम्भिक तहमा कुराकानी भइरहेका छन् । दुई देशको बीचमा सडकमार्ग र रेलवे कनेक्टीभिटी सहकार्यको अर्को महत्वपूर्ण क्षेत्र हो ।

यतिमात्र होइन्, दुई देशको बीचमा सांस्कृतिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने ठूलो क्षेत्र रहेको छ ।

शिक्षा दुई मुलुकको बीचको सहकार्यको अर्को महत्वपूर्ण क्षेत्र हो । मेडिकल र इन्जिनियरिङ अध्ययनका लागि नेपाली विद्यार्थीहरु बंगलादेश जान गरेका छन् भने बंगलादेशबाट यहाँ फार्मेसी, वुद्ध सम्बन्धी शिक्षालगायतका अन्य क्षेत्रमा विद्यार्थीहरु आउने गरेका छन् । यसवाहेक अन्य विभिन्न क्षेत्रीय र उपक्षेत्रीय सहकार्यका सम्भावनाहरु समेत रहेका छन् ।

दुई देशको बीचमा अहिले विकसित हुँदै गएको राजनीतिक सम्बन्धलाई आगामी दिनमा पनि निरन्तरता दिन आवश्यक छ । सहकार्यको ठूलो सम्भावना भए पनि विगत पचास वर्षमा त्यति उपलब्धि हासिल हुन सकेन् ।

नेपालको बंगलादेसँगको सम्बन्ध व्यापार, पर्यटन र सांस्कृतिक हिसाबले मात्र होइन रणनीतिकरुपमा पनि निकै महत्वपूर्ण छ ।

अनलाइनखबरबाट साभार


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement