पुस १५,काठमाडौं । पोखरीमा डुबेर काभ्रमा एक बालिको मृत्यु भएको छ । काभ्रको धुलिखेल नगरपालिका -6 ईतोल घर भई हाल भुम्लु गााउँपालिका -१० दोलाखामा हाल बस्दै आएका बुद्वराम खड्गीको ५ बर्षीया छोरी रोजीनाको इन्द्रावती पोखरीमा डुबेर मृत्यु भएको छ ।
घर नजिकैको पोखरीमा बालिका डुबेको खबर पाएपछि प्रहरी चौकी दोलालघाटको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले बालिकालाई उद्धार गरी धुलिखेल अस्पताल पुराएकोथियो तर अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ।