चैत ९ , काठमाडौं । सप्तरीको पोखरीमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहरनियामा १३ वर्षीया अञ्जलीकुमारी यादवको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित पोखरीको पानीमा नुहाउने क्रममा डुबेकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।