Advertisement
Advertisement
Advertisement
Advertisement

पैसाको लोभमा श्रीमतीको हत्या

  |      00:00:00   |  
Web Image
Web Image

फागुन २४, बुटवल । रुपन्देहीमा आर्थिक कारोबारका विषयमा विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका–५ की कुसुम लोधको हत्या आरोपमा प्रहरीले उनका श्रीमान शैलेसकुमार लोध र देवर राजेशकुमार लोधलाई पक्राउ गरेको हो । बीमा कारोबारका विषयमा झगडा पर्दा उनकै पति शैलेश र देवर राजेशले कुसुमको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० प्रवीण पोखरेलले कुसुमको दुई ठाउँमा बीमा गरिएको र बैंकमा रहेको ऋण तिर्ने विषयमा झगडा पर्दा हत्या भएको पाइएको बताए । पक्राउ परेका दुवैजनाले घटना स्वीकार गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै रुपन्देहीमा आफ्नै श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले अर्का एक पुरुषलाई पक्राउ गरेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदहकी २१ वर्षीय सम्झना चाईको आगो लगाइ हत्या गरेको आरोपमा उनका श्रीमान मुकेश चाईलाई प्रहरीले पक्राउ गरेको हो ।

गत पुस १ गते कालिदहस्थित आफ्नै घरको कोठामा सम्झना जलेको अवस्थामा मृत  फेला परेकी थिइन् । मृतक सम्झनाका दाइ रामप्रसादले सम्झनालाई दाइजो कम ल्याएको भनी बेला–बेलामा यातना दिएको जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा मुकेशले हत्या गरेको पुष्टी भएको प्रहरीले जनाएको छ । कम दाइजो दिइएको बहानामा बन्द कोठाभित्र सम्झनामाथि आगो लगाई हत्या गरिएको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement