Advertisement
Advertisement
Advertisement
Advertisement

नुरजहा खातुन मृत्यु प्रकरण:अपरेसनमा संलग्न महरा पक्राउ

  |      13:37:00   |  
web image
web image

कार्तिक २२, काठमाडौं । जथाभाबी पाठेघरको अपरेसन गर्दा रौतहटको बिर्तामा स्थित इमर्जेन्सी जन सेवा हस्पिटलमा  बिरामी महिलाको मृत्यु भएपछि अपरेसनमा संलग्न इन्द्रदेव महरालाई  इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले महरालाई सर्लाहीको हराकठवा बजारबाट मंगलबार राति पक्राउ गरेको थियो।

पक्राउ परेका महरा अहिले इलाका प्रहरी कार्यालय गरुडाका नियन्त्रणमा रहेको डिएसपी ओम प्रकाश खनालले जानकारी दिए । महरा बिर्ता स्थित झोले अस्पताल जस्तै सर्लाही हरकठवा बजारमा श्रीराम अस्पताल सञ्चालन गरेको र त्यहीँ बाट पक्राउ गरिएको डिएसपी खनालले जानकारी दिए। अपरेसन गर्ने मुख्य डाक्टर तथा अस्पताल सञ्चालक गरुडा ८ का राजेन्द्र यादव भने फरार रहेका  छन्।

डाक्टरको चरम लापरबाहीका कारण बिरामी महिला चन्द्रपुर नगरपालिका ७ बनबौहरीका नुर्जहान खातुनको ज्यान गएको पीडित परिवारले बताएको छ।

पेट दुख्ने समस्या हुँदा खातुनलाई उक्त अस्पतालमा चेकजाँच गराउँदा डाक्टरले पाठेघरको अपरेसन गर्नुपर्ने बताएका थिए। डाक्टरको सुझाव अनुसार सोमबार बिरामी खातुनलाई ईमरजेन्सी जनसेवा हस्पिटल बिर्तामा अप्रेसन गराउन लगिएको थियो । सोमबार साँझ डाक्टरले खातुनको पाठेघरको अपरेसन गरेपछि अत्यधिक रक्तस्राव भएर उनी अत्यन्तै सिकिस्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख  छ।

अचेत भएकी बिरामी खातुनलाई डाक्टरको सल्लाह अनुसार थप उपचारको लागि एम्बुलेन्स बाट वीरगंज स्थित मेट्रो सिटी अस्पतालमा लैजाँदा सोमबार राति डाक्टरले मृत घोषणा गरेको उनका श्रीमान इब्राहिम सिद्विकीले बताए। 

घटनापछि हस्पिटलका सञ्चालक राजेन्द्र यादव र अपरेसन गर्ने डाक्टर हस्पिटल बन्द गरेर फरार भएका थिए । 

अस्पताल सञ्चालक पैसाको लोभमा परेर सीमावर्ती भारतीय बजारबाट डाक्टरका सहयोगीलाई बोलाएर विभिन्न प्रकारको अपरेसन गराउँदै आएको पीडित परिवारको आरोप रहेको छ। बिरामीलाई बेहोस गर्ने दक्ष जनशक्ति बिना, सुविधा सम्पन्न अपरेसन कक्षबिना पाठेघरको अपरेसन गरेकाले खातुनको मृत्यु भएको पीडित परिवारको भनाई छ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement