Advertisement
Advertisement
Advertisement
Advertisement

त्रिपल तलाक : कसरी एक मुस्लिम महिलाले संर्घष गरिन् र विजयी भइन् ?

  |      16:01:00   |  
त्रिपल तलाक : कसरी एक मुस्लिम महिलाले संर्घष गरिन् र विजयी भइन् ?

भदौ ७, (एजेन्सी) नयाँ दिल्ली । भारतीय सर्वोच्च अदालतले इस्लाम कानुनमा रहेको तत्काल सम्बन्धविच्छेदको मान्यतालाई असंवैधानिक घोषित गरेको छ । अधिकारवादीहरुले यसलाई ठूलो जीतको रुपमा लिएका छन् । बिबिसीकी गीता पाण्डे यसबारे लेख्छिन् :

 

लामो समयदेखि भारतमा रहेका मुस्लिम महिलाहरु आफ्नो पतिको घरबाट कुनै पनि बेला निकालिन सक्ने त्रासमा बस्नुपरेको भन्दै गुनासो गर्दै आएका थिए । किनभने एक मुस्लिम पुरुषले मात्र तीन पटक ‘तलाक’ शब्दको उच्चारण गरेर क्षणभरमा वर्षौंको वैवाहिक जीवन अन्त्य गर्न सक्थे ।

 

यो ‘त्रिपल तलाक’ (तत्काल सम्बन्धविच्छेद) को अभ्यास अन्त्य गर्न दशकौँ अघिदेखि अभियान शुरु भएको थियो । तर, गत वर्ष दुई सन्तानकी आमा रहेकी एक ३५ वर्षीया महिलाले सर्वोच्च अदालतमा न्याय माग्दै मुद्दा दायर गरेपछि मात्र यो अभियानले तीव्रता पाएको थियो ।

 

सन् २०१६ को फेब्रुअरीमा दायर गरिएका रिटमा शायरा बानोले आफू भारतको उत्तरी राज्य उत्तराखण्डमा रहेको आफ्नो आमाबाबुको घरमा स्वस्थ्य उपचारका लागि गएको बेला पतिबाट तलाकनामाको पत्र पाएको बताएकी थिइन् ।

 

पत्र पाएपछि स्तब्ध बनेकी उनले १५ वर्ष लामो वैवाहिक जीवन बिताएका अलाहबाद बस्ने पतिसँग सम्पर्क गर्ने कोशिस गरिन्, तर त्यो असफल भयो । त्यतिमात्र होइन, उनलाई आफ्ना छोराछोरीसँग समेत भेट्न दिइएन ।

 

त्यसपछि उनले कानुनी उपचार खोज्ने बाटो रोजिन् । अदालतमा रिट दायर गर्दै उनले मुस्लिम पुरुषले आफ्नो पत्नीलाई मात्र कुनै ‘वस्तु’ वा ‘व्यक्तिगत सम्पत्ति’ को रुपमा व्यवहार गर्ने गरेको बताउँदै यस अभ्यासमा पूर्णरुपमा प्रतिबन्ध लगाउन माग गरिन् ।

 

उनले अदालतसमक्ष सम्बन्धविच्छेदपछि अर्को पुरुषलाई विवाह गर्नुपर्ने र पूर्व पतिकोमा फर्कन विवाह समाप्त गर्नुपर्ने हलालाको व्यवस्था र बहुविवाहको व्यवस्था पनि अन्त्य गर्न माग गरिन् ।

 

‘यी अभ्यास गैरकानुनी, असंवैधानिक, महिलाप्रति भेदभावपूर्ण र लैंगिक न्यायको सिद्धान्तविरुद्ध रहेको छ,’ उनले भनेकी थिइन् ।

 

इस्लाममा सम्बन्धविच्छेद
इस्लामका अध्यताहरु कुरानमा सम्बन्धविच्छेदको बारे स्पष्टरुपमा उल्लेख भएको बताउँछन् । जसमा दम्पत्तिलाई यसबारेमा विचारविमर्श र मेलमिलाप गर्न तीन महिनाको समय दिइएको उल्लेख भएको उनीहरु बताउँछन् ।

 

तर, भारतमा भने धर्मगुरुहरुको अनुमतिमा शताब्दीऔँदेखि विवादास्पद त्रिपल तलाक – तलाक–ए–बिदात – अभ्यास गरिँदै आइएको थियो । बिदात पारसी शब्द हो जसको अर्थ ‘पाप’ हो र यसले मुस्लिम पुरुषहरुलाई उनीहरुको पत्नीलाई ‘तलाक तलाक तलाक’ भनेर सम्बन्धविच्छेद गर्ने अधिकार दिएको थियो ।

अझ अहिलेको आधुनिक युगमा प्रविधिले ‘निर्लज्ज’ पुरुषहरुलाई फोन, इमेल वा एसएमएसबाट आफ्नो पत्नीलाई छाड्न सजिलो बनाएको अभियानकर्ताहरुको भनाई छ । त्यतिमात्र होइन, स्काइप, ह्वाटसएप वा फेसबुकबाट पनि सम्बन्धविच्छेद गरेको घटनाहरु पनि बाहिर आएका छन् ।

 

यो एकपक्षीय र तात्कालिक त्रिपल तलाकको बारेमा शारिया वा कुरानमा कुनै कुरा उल्लेख छैन र बंगलादेश र पाकिस्तानजस्ता २२ इस्लामिक मुलुकमा पहिले नै प्रतिबन्धित छ ।

 

भारतमा यसअघि पनि त्रिपल तलाकको विरुद्धमा मुद्दा नपरेका होइनन् । तर, यसलाई खारेज गर्ने निर्णय कहिले आएन । आखिर किन शायरा बानोको मुद्दा परिवर्तनकारी साबित बन्यो त ?

 

उनका वकिल बालाजी श्रीनिवासन भन्छन्, ‘कुनै पनि मुस्लिम महिलाले त्रिपल तलाकका कारण आफ्नो मौलिक  अधिकार हनन भएको भन्दै मुद्दा दायर गरेको यो पहिलो पटक हो ।’

 

संविधानले सुनिश्चित गरेका यी अधिकारहरुलाई भारतीय प्रजातन्त्रको मेरुदण्ड मानिन्छ र यसलाई सजिलै परिवर्तन वा हनन गर्न मिल्दैन । यदी यो उल्लंघन भए कुनै पनि नागरिकले कानुनी उपचार खोज्न सक्छन् ।

 

‘धर्मगुरुले उनलाई ‘मुस्लिम भएको कारण’ मौलिक अधिकार नभएको बताएका थिए । त्यसो भए तपाईं हिन्दु, इसाई वा अन्य कुनै धर्मको महिला भए ठीक छ । तर यदी मुस्लिम महिला हो भने तपाईंको मौलिक अधिकार हुँदैन रु,’ श्रीविनासनले भने, ‘त्यही भएर शायरा बानोले संविधानले दिएको समानताको उनको मौलिक अधिकार हनन भएको भन्दै अदालतको ढोका ढक्ढक्याइन् । र, सर्वोच्च अदालतले उनको मुद्दा लियो ।’

‘अहिलेसम्म किन यो कुरा अरुले सोच्न सकेनन्,’ श्रीनावसन आश्चर्य व्यक्त गर्छन् ।

 

यसलाई भारतीय मुस्लिम महिला आन्दोलन ९बीएमएमए० ले केही वर्षदेखि गर्दै आइरहेको सशक्त अभियानले पनि निकै सहयोग गर्यो ।‘यो केही नभएर धर्मको नाममा पितृसत्ताको मुखौटा हो,’ बीएमएमएका संस्थापक सदस्य रहेकी जाकिया सोमन भन्छिन्, ‘अल्लाहले हामीलाई दिएको अधिकार खोस्ने अनुमति कानुन बोर्डलाई कसले दियो ?’

 

संस्थाले सन् २००७ देखि तत्काल सम्बन्धविच्छेद र बहुविवाहबाट अन्यायमा परेका मुस्लिम महिलाहरुको सूची बनाउन थालेको थियो ।

 

‘हामीले सर्वेक्षण गरेका ४,७१० महिलामध्ये ५२५ जनाले सम्बन्धविच्छेद गरेका थिए जसमध्ये ७८ प्रतिशत अर्थात् ४१४ जना तत्काल सम्बन्धविच्छेदबाट अलग भएका थिए,’ सोमनले बताइन् ।

 

त्यसपछि संस्थाले लगभग १ सय जना महिला तत्काल सम्बन्धविच्छेदका कारण घरको न घाटको भएको रिपोर्ट सार्वजनिक गर्यो । 

सन् २०१२ को डिसेम्बरमा संस्थाले सार्वजनिक सुनुवाई गरेको थियो जसमा देशभरका ५ सय महिला सहभागी भएका थिए । उनीहरुले प्रधानमन्त्री, कानुनमन्त्री, अल्पसंख्यक मामिला मन्त्री र महिला र बालबालिका विकास मन्त्रीलाई पत्रसमेत लेखे । उनीहरुले त्रिपल तलाकमा प्रतिबन्ध लगाउन माग गर्दै ५० हजार हस्ताक्षर संकलन पनि गरे । 

 

यता, शायरा बनोले अदालतमा मुद्दा हालेको दुई महिनापछि अर्की महिला आफरिन रहमानले पनि उनको सम्बन्धविच्छेदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिन् । त्यसपछि अन्य तीन महिला र बीएमएमएसहित दुई संस्थाले पनि समान प्रकृतिका रिट दर्ता गरे ।

 

यी सबै मुद्दाहरुलाई एकै ठाउँ राखेर ५ जना न्यायाधीस सम्मिलत बहुधार्मिक बेञ्चलाई निर्णय गर्ने जिम्मा दिइयो । बेञ्चमा एक हिन्दु, एक शिख, एक इसाई, एक पारसी र एक इस्लाम धर्म मान्ने न्यायाधीस राखिएको थियो ।

 

बेञ्चको नेतृत्व मुख्य न्यायाधीस जेएस खेहरले गरेका थिए । ११ मे देखि ६ दिनसम्म मुद्दाको सुनुवाई गरिएको थियो जहाँ दुवै पक्षलाई आफ्नो कुरा राख्न समान समय दिइएको छ ।

 

यस प्रतिबन्धविरुद्ध अल इन्डिया मुस्लिम पर्सनल ल बोर्डलगायत उभिएका थिए । उनीहरुको तर्क थियो, यो अभ्यास १४ सय वर्षदेखि गरिँदै आएको र त्रिपल तलाक ‘विवादास्पद’ भए पनि मुस्लिमको आस्थाको मामिला हो ।

यदी पुरुषहरुले आफ्ना पत्नीलाई सम्बन्धविच्छेद गर्न नपाए हत्या वा जिउँदै जलाउनेजस्ता गैरकानुनी वा अपराधिक क्रियाकलापमा उत्रनसक्ने पनि उनीहरुको भनाई थियो ।

उनीहरुले यतिसम्म आरोप लगाए कि हिन्दु राष्ट्रवादी एजेन्डा बोकेको भारतीय जनता पार्टीको सरकार भएको बेला मुस्लिमहरुको व्यक्तिगत कानुन, संस्कृति र अभ्यास खतरा परेको छ ।

 

वोर्डले यो अभ्यासलाई न्युनिकरण गर्न आफूहरुले काम गर्ने वाचा गर्दै तत्काल तलाक गर्नेहरुलाई समुदायबाट बहिस्कार गर्ने नीति अख्तियार गर्ने बताएका थिए । तर, यसलाई मुस्लिम महिलाको अधिकारको लागि लड्ने बेबाक कलेक्टिभ नामक संस्थाका वकिल इन्दिरा जयसिंहले सशक्त रुपमा प्रतिवाद गरेकी थिइन् ।

 

‘यो एउटा गैरकानुनी कार्यलाई रोक्न अर्को गैरकानुनी कार्य हुनेछ । समाजिक बहिस्कार गैरकानुनी हो । आशा गर्छु त्रिपल तलाकको मुद्दा समाधान गर्न अदालतले गैरसंवैधानिक बाटो अख्यितार गर्दैन,’ उनले ट्वीट गरेकी थिइन् । उनले अदालतको सुनुवाईका क्रममा आफूले अदालतमा पितृसत्ता महसुस गरेको, सुनेको र देखेको कुराबारे लेखेकी थिइन् ।

 

दुर्व्यवहार र अन्यायको आरोपबारे पनि अदालतका न्यायाधीसहरु संवेदनशील देखिएका थिए । उनीहरुले बराम्बार तत्काल सम्बन्धविच्छेद धर्मशास्त्रमा गलत र कानुनमा सही कसरी हुनसक्छ भनेर प्रश्न गरेका थिए ।

 

‘तपाई हरेक शुक्रबार मस्जिदमा प्राथना गर्नुहुन्छ । उक्त प्राथनामा तपाईं त्रिपल तलाक पाप हो, गलत हो भन्नुहुन्छ । अनि फेरि तपाई कसरी यो इस्लामको अभिन्न अंग हो भनेर भन्नुहुन्छ रु,’ मुख्य न्यायाधीस खेहरले प्रश्न गरेका थिए ।

 

न्यायाधीस कुरियान जोसेफले थपे, ‘के भगवानले पाप भनेको कुरालाई पुरुषहरुले कानुनबाट प्रमाणित गर्न सक्छन् ?’

 

अन्त्यमा, लामो बहसपछि अदालतले १४ सय वर्षदेखि यो अभ्यास गरिँदै आएकाले अहिले पनि मान्नुपर्छ भन्ने तर्कलाई अस्वीकार गर्यो ।

 

र, मंगलबारको निर्णयपछि भारतले एउटा मुख्य प्रश्नको उत्तर पाएको छ, तत्काल सम्बन्धविच्छेद अब पाप मात्र होइन, गैरकानुनी पनि भएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement