पुस १३,काठमाडौं । तुनाले बाधेर तोरीबारीमा श्रीमतीको हत्या आरोपमा बिहिबार श्रीमान पक्राउ परेका छन् । उनको शव स्थानीय विश्वराज पौडेलको तोरीबारीमा भेएिको छ । उनीहरु केही समयदेखि पोखरा २९,नौबीसेमा बस्दै आएका थिए ।
हिजो दिउँसो श्रीमतीलाई अर्को पुरुषसँग भेटेपछि दुवैलाई लखेटेका थिए । तर केटालाई नभेटे पछि फर्किएर आफ्नै श्रीमतीलाई मारेका थिए ।उनलाई हुडीको तुनाले बाँधेर मारिएको हो । जिल्ला प्रहरी कार्यालय, कास्की प्रमुख एसपी मोहन थापाका अनुसार प्रेमी भनिएका अर्का पुरुष भारतीय नागरिक हुन् ।
३६ वर्षीय रत्नबहादुर घर्तीले पनि लखट्ने क्रममा ती पुरुषलाई समाउन नसकेपछि आवेशमा आएर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
आवेगमा आएर आफ्नै श्रीमतीको घाँटी थिँची घटना घटाएको खुल्न आयो,’ एसपी थापाले भने, ‘तुनाले बेस्सरी कसेर हत्या गरेको खुलेको छ ।