चैत २२, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित तत्कालीन सांसद सानु शिवाको निधन भएपछि जानकी देवी राम प्रतिनिधिसभा सदस्य चयन भएकी छन् । उनले आइतबार शपथ लिएकी छन् । सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई शपथ गराएका हुन् ।
समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित तत्कालीन सांसद सानु शिवाको निधन भएपछि नेकपा एमालेले उनको ठाउँमा जानकीदेवीलाई सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा पत्राचार गरेको थियो । एमालेको पत्राचारपछि आयोगले उनलाई सांसद निर्वाचित गरेको थियो ।