फागुन ४, काठमाडौं । उद्धारकार्यमा खटिएको एउटा टोलीले दुई दिदीबहिनीको खोजी गरिरहेको छ। भूकम्पबाट बच्न सफल भएका अरू मानिसका अनुसार ती दुई जना भग्नावशेषमा फसेका छन्।
मसिनो आवाज सुन्न सकिने उपकरण लिएर उद्धारकर्मीहरू केही प्रतिक्रिया आउँछ कि सुन्न प्रयासरत छन्। आशावादी भएर सबै जना हलचल नगरी बसेका छन्।
'प्यारी इरम, म तिम्रो नजिकै छ'। के तिमी मेरो आवाज सुनिरहेकी छ्यौ ? मुस्तफा भन्छन्।
हामीले केही सुन्न सकेका छैनौँ। तर उनले प्रतिक्रिया जनाएकी छन् भन्ने कुरा भने पक्का भएको छ। ती दुई दिदीबहिनीका केही साथीहरू हामीसँगै शान्त भएर प्रतीक्षा गरिरहेका छन्।
'गज्जब१ अब तिमी हलचल नगरी मेरा प्रश्नको उत्तर देऊ१ उनी म्यार्भे हुन्। प्यारी म्यार्भे, मेरो प्रश्नको उत्तर देऊ,' उनी भन्छन्।
दक्षिण टर्कीको आन्टाक्यास्थित पाँचतले आवासीय भवनको भग्नावशेषमा २४ वर्षकी म्यार्भे र उनकी १९ वर्षे बहिनी इरम फसेका थिए। उक्त भवन भूकम्पका कारण भत्किएको थियो।
भूकम्प गएको दुई दिन भइसकेको थियो। तर उनीहरूले हप्तौँ भए झैँ महसुस गरेका थिए।
'आज बुधवार हो, होइनरु तिमीहरू थुनिएको १४ दिन भएको छैन। हामीलाई केही समय देऊ। तिमीहरू चाँडै बाहिर निस्किनेछौँ।'
त्यस्तो हुन केही समय लाग्छ भन्ने मुस्ताफालाई थाहा थियो। तर 'उनीहरूले नै हरेस खाए जीवित रहन नसक्ने' मुस्ताफाले हामीलाई बताए।
म्यार्भे र इरमले चुट्किला भन्दै हाँस्न थाले। मुस्ताफाको अनुहारमा म मुस्कान देखिरहेको छु। 'ठाउँ भए उनीहरू सायद नाच्ने थिए,' उनी भन्छन्।
उद्धारकर्ताहरूको गणनाअनुसार ती दुई दिदीबहिनी दुई मिटर भित्र थिए। तर उक्त टोलीका नेतृत्वकर्ता हसान बिनायका अनुसार कङ्क्रिटमा सुरुङ खन्नु निकै जोखिमपूर्ण काम हो।
एउटा गलत कदमले विपद् निम्तिन सक्छ।
खन्दा भवन नढलोस् भनेर बाक्लो कङ्क्रिटलाई थोरै उचाली राख्नका लागि बुल्डोजर बोलाइएको छ।
'हामी छिट्टै तिमीहरूलाई कम्बल दिनेछौँ,' मुस्ताफाले उनीहरूलाई भने।
'तिमीहरू हाम्रो चिन्ता नगर। हामी थाकेका छैनौँ, हामीलाई जाडो भएको छैन।'
मुस्ताफाका अनुसार म्यार्भे उद्धारकार्यमा खटिएकाहरूको अवस्थाबारे चिन्तित छिन्। टर्कीको स्थानीय समयानुसहार साढे आठ बजेको छ र यहाँ निकै जाडो छ। यो क्षेत्रमा निकै चिसो हुन्छ।
उद्धारकर्मीहरूले खन्न थाले र खाली हातले भग्नावशेष पन्छ्याउन थाले।
तर केही घण्टापछि हामीले अकस्मात् जमिन हल्लिएको महसुस गर्यौँ। त्यो शक्तिशाली परकम्प थियो। उद्धारको काम रोक्नुको विकल्प थिएन।
हामी त्यो भवनबाट बाहिरियौँ।
'यो तितो सत्य हो। हाम्रो टोलीको सुरक्षा प्रमुख कुरा हो,' हसानले भने।
आधा घण्टापछि मुस्ताफा र उद्धारकार्यमा खटिएका अन्य तीन जना खनिरहेको ठाउँमा फर्किए।
'नडराउनू। मलाई विश्वास गर, हामी तिमीहरूलाई यहाँ छोड्नेछैनौँ। म तिमीहरूलाई बाहिर निकाल्नेछु, त्यसपछि तिमीहरूले हामीलाई राम्रो ठाउँमा खाना खुवाउनुपर्छ,' मुस्ताफाले ठूलो स्वरमा भने। ती दुई युवतीले आफूहरूलाई मर्नका लागि छाडिएको ठानेका थिए।
मध्यरात हुँदै गर्दा खन्ने कार्य फेरि सुरु भएको छ। उक्त टोली पछिल्ला केही दिन देखि राम्रोसँग सुत्न पाएको छैन। भवननजिकै आगो बालेर हामी वरिपरि उभिएका छौँ।
बेलाबेलामा शान्त रहन आग्रह गरिन्छ। यसै क्रममा बत्ती गयो र अवस्था पूर्ण अन्धकार हुन पुग्यो।
उद्धारकर्ताले कङ्क्रिटमा सानो दुलो बनाएका छन् र ती दुई युवतीले मुस्ताफाको टर्चको प्रकाश देख्न सक्छन् कि सक्दैनन् निर्क्योल गर्दैछन्।
'म्यार्भे! इरम! के तिमीहरूले उज्यालो देखिरहेका छौँ ? गज्जब! अब म एउटा क्यामरा पठाउँदैछु। त्यो देखेपछि मलाई भन्नू। अनि म के गर्ने भन्छु।'
यो सबैका लागि उत्साहपूर्ण समय हो। आफ्नो नाइटभिजन क्यामरामा रहेको सानो स्क्रीनमार्फत् हसानसहितको टोलीले ती दुई युवतीलाई हेर्छन्। उनीहरूले इरम र म्यार्भे दुवैलाई देख्छन्।
'तिमी निकै सुन्दर छ्यौ। धेरै हलचल नगर। इरम, क्यामेरा तान। हामी म्यार्भेलाई राम्रोसँग हेर्न चाहन्छौँ।'
स्क्रीनमा हामी इरम मुस्कुराइरहेको देख्न सक्छौँ। भाग्यवश उनीहरू फसेको भग्नावशेषमा पर्याप्त खाली ठाउँ छ।
त्यो देख्दा सबैले राहतको सास फेर्छन्। दिदीबहिनीको अवस्था ठिकै देखिन्छ। ठूलो प्वाल पार्न सके इरम निस्किन सक्ने अवस्था छ।
तर लगत्तै उद्धारकार्यमा खटिएको टोली चिन्तित देखिन्छ। म्यार्भेले आफूलाई जाडो महसुस हुन थालेको र आफ्नो खुट्टामा केही गह्रुङ्गो चिज रहेको बताइन्।
चिकित्सकहरू चिन्तित बने।
'के म्यार्भेको खुट्टा कुहिन थालेको होरु वा यो चिसोले कठ्याङ्ग्रिएपछि हुने हाइपोथर्मियाको लक्षण हो ?
यी सबै कार्यकाबीच पाँच बजेको छ। उद्धारकर्मीमध्ये सबैभन्दा पातला सदस्य घिस्रिएर पस्न सक्नेगरी सुरुङ तयार भएको छ।
उद्धारकर्ता इरमनजिकै पुगेर केही समय उनको हात समात्न सफल भए।
'हाम्री आमाको शव गन्हाउन थाल्यो। हामीले राम्ररी सास फेर्न सकेका छैनौँ,' इरमले उद्धारकार्यमा खटिएका अधिकारीलाई भनिन्।
केही दिनदेखि उनीहरू शवनजिकै बस्न बाध्य छन्।
यो अवस्थाले निकै स्तब्ध पार्छ। जीवनमा यस्तो समय पनि आउन सक्छ जब तपाईँलाई आफ्नै आमाको छेउमा बस्दा पनि गाह्रो हुन्छ भन्ने कुरा हामीले मनन गर्यौँ।
हसानले म्यार्भेका साथीहरूसँग उनीहरूसँग रहेका ती दुई दिदीबहिनीको तस्बिर देखाउन भने। उनीहरूले ती तस्बिर हेरेर कत्रो सुरुङ बनाउनुपर्छ भन्ने कुराको अनुमान गर्न खोजेका थिए। तस्बिरमा पार्टीमा जाँदा लगाउने पहिरनमा सजिएका उनीहरू मुस्कुराइरहेका थिए।
'गज्जब१ हामी उनीहरूलाई निकाल्न सक्छौँ।'
चिकित्सकीय टोली थर्मल ब्ल्याङ्केट र स्ट्रेचरसहित तयारी अवस्थामा बसेको छ।
सबै उत्साहित छन्। झन्डै साढे छ बजेको छ। सुरुमा इरमलाई बाहिर निकालिन्छ। उनी एकै पटका हाँस्दै अनि रुँदै छिन्।
'ईश्वरले तपाईँहरूको रक्षा गरून्। कृपया म्यार्भेलाई पनि निकालिदिनुहोस्,' उनले उद्धारकर्ताहरूलाई आग्रह गरिन्। म्यार्भे पनि बाहिर आउने हसानले उनलाई बताए।
तर म्यार्भेलाई निकाल्न थप ३० मिनेट समय लाग्यो। उनलाई समस्या नपर्नेगरी उद्धारकर्ताले उनको खुट्टा भग्नावशेषबाट निकाल्नुपर्ने थियो। अन्ततः उद्धारकार्य सफल भयो।
त्यसपछि सबैले ताली बजाएर उत्साहित रूपमा कराए। मैले म्यार्भेले चिच्याएको सुनेस् 'के म साँच्चै जीवित छु'? मुसुक्क हाँसेर मुस्ताफाले त्यसमा सही थपे।
रातभरि कुरेका उनीहरूका साथीभाइ रुँदै कराउन थाले।
'म्यार्भे ! इरम ! हामी यहीँ छौँ। नडराउनू।'
ती दिदीबहिनीलाई एम्बुलेन्समा राखेर फील्ड अस्पतालमा पुर्याइयो।
यो खुसीको क्षणपछि उद्धारकर्ताहरूले सबैलाई फेरि मौन हुन आग्रह गर्छन्। त्यो अन्तिम पटक गरिएको आग्रह थियो।
'कसैले मलाई सुने प्रतिक्रिया दिनू। प्रतिक्रिया जनाउन नसके भुइँमा छुने प्रयास गर्नू।'
हसानले बारम्बार दोहोर्याए। अनि अन्त्यमा अर्को टोलीले त्यो भवनमा खोजी नगरून् भनेर भग्नावशेषमाथि रातो रङ्ग पोत्छन्।
'मानिसलाई बचाउँदा राम्रो अनुभूति हुन्छ, हामी चाहन्छौँ ज्यान नजाओस्।' उनले यसो भन्दै गर्दा म उनको चिन्तित अनुहारमा देख्छु।
'के तपाईँ म्यार्भे र इरमसँग खाना खानुहुन्छ ?' मैले सोधेँ।
मुस्कुराउँदै उनले उत्तर दिएस् 'कुनै दिन त्यसो पनि होला। तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने उनीहरू जीवित छन् र अहिले सक्षम मानिसहरूसँग छन्।'
बीबीसी