कार्तिक २६, काठमाडौं । जाजरकोटमा भूकम्प पीडितले त्रिपालमै महिलाले स्वास्थ्यकर्मीको सहयोगमा बच्चा जन्माएकी छन्।
जाजरकोट जिल्लाको कुशे गाँउपालिका ७ धनराशीकी निरुता टमटाले बच्चा जन्माएकी स्थानीय नवराज पुनले बताए। घाइतेको उपचारका लागि त्यहाँ पुगेका हाम्रो टिम नेपालक स्वास्थ्य कर्मीको सहयोगमा टमटाले बच्चा जन्माएकी उनले जानकारी दिए ।
अहिले बच्चा र आमाको अवस्था सामान्य रहेको छ।