कार्तिक १४, काठमाडौं। गुल्मीमा जंगली च्याउ खाएर ३ जना बिरामी भएका छन् ।
जिल्लाको इस्मा गाउँपालिका-६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षका विमल कुमाल र ८ वर्षीया सुस्मा कुमाल बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) डिल्लीनारायण पाण्डेले जनाएका छन्।
पाल्पा स्थित मिसन अस्पतालमा उपचारको लागि लगिएको छ। उनीहरुको अबस्था अहिले सामान्य छ ।