पुस १२,काठमाडौं । एक सुत्केरीको चिसोको कारण जाजरकोटको कुशे गाउँपालिका -९ २४ वर्षीया कल्पना नेपालीको मृत्यु भएको छ ।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले मङ्सिर १७ गते सुत्केरी भएर दुई छोरा जन्म दिएकी कल्पनाको बास त्रिपालमुनी भएपछि चिसोका कारण मृत्युभएको छ । उनको मृत्यु स्वास्थ्य चौकीमा औषधी गर्दागर्दै मृत्यु भएको छ ।
भूकम्पले घरवासबिहीन भएपछि पालमुनी रात बिताउने गरेकी कल्पनाले तातो र पोषण युक्त खानेकुराको अभावका कारण कष्टपूर्ण जीवन बिताउनु परेकाले र समयमा अस्थायी आवासको व्यवस्था नगर्दा सुत्केरीको ज्यान गएको स्थानियले बताएका छन् ।