Advertisement
Advertisement
Advertisement
Advertisement

अधिकांश गाउँघर पुरुषविहीन बन्दै,जिम्मेवारी महिलाको काधँमा

  |      12:31:00   |  
अधिकांश गाउँघर पुरुषविहीन बन्दै,जिम्मेवारी महिलाको काधँमा

 तनहुँ । अधिकांश ग्रामीण क्षेत्रका गाउँघर पुरुषविहीन बन्दै गएका छन् । अधिकांश युवा पुरुष रोजगारीका लागि विदेश जान थालेपछि गाउँमा युवा पुरुष भेटिन मुश्किल हुने गरेको हो ।

पुरुष विदेश गएसँगै गाउँघरमा मजदूरीको काम महिलाले सम्हाल्नु परेको छ । व्यास नगरपालिका–५ साँगे, सेराका कृषक बेदकुमार श्रेष्ठले मेलापातको काममा पुरुष कामदार नपाइने गरेको बताए । धेरैजसो गाउँका युवा पुरुष विदेश वा जागिरमा जाने हुँदा गाउँघरका मेलापातमा महिला नै जाने गरेको उनले बताए ।

पहिला पहिला गाउँका एक÷दुई जना मात्रै विदेश जाने हुनाले फलानो लाहुरेको घर हो भनेर चिनिन्थ्यो, अहिले धेरै विदेश जान थालेपछि लाहुरे नभएको घर भेटाउनै गाह्रो हुने उनले बताए । व्यास नगरपालिका–११ पोल्याङका उत्तम कैनीले गाउँ पुरुषविहीन बन्दै गएकाले पुरुषले गर्ने सबै कामकाज महिलाले नै गर्दै आएको उनले बताए।

युवाहरु गाउँमा नभएकाले बुढापाका र केटाकेटी धेरै भेटिने गरेको उनले बताए । शुक्लागण्डकी नगरपालिका–६ का बिजय सुनारले विदेश जानको लागि राहदानी लिन आएको बताए । राजनीतिक माहोल ठिक छैन, भ्रष्टाचार रोक्न सकिएको छैन सुनारले भने, “जागिर खान पनि आफ्नो मान्छे छैनन् एक पटक दुबई गएर आएँ, फेरि विदेश जाने सोचाइ बनाएको छु ।’’

असली कृषकलाई ऋण तथा अनुदान प्राप्त गर्न कठिन हुने, बिचौलियाले नाफा धेरै खाइदिने उत्पादित वस्तुको बजारको सुनिश्चित नहने जस्ता समस्या भएकाले युवाको विदेश जान रुचि बढेको उनले बताए। रोजगारीको गन्तव्य विदेश बन्न थालेपछि जिल्ला प्रशासन कार्यालय राहदानी बनाउन आउने युवाको भीड बढ्न थालेको छ ।

दैनिक ३० देखि ३५ जना राहदानी बनाउन कार्यालयमा आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। दैनिक रुपमा करीब पाँच जना महिला पनि वैदेशिक रोजगारीका लागि राहदानी बनाउन आउने गरेको बरालले बताए।

परामर्श दिने क्रममा राहदानी लिन आउनेमध्ये अधिकांश खाडी मुलकमा काम गर्नका लागि जाने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नारीखबरबाट साभार


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement