Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना महामारीले जन्मायो कोभिड इन्सोम्निया रोग, पुरुषमा भन्दा महिलाहरुमा धेरै

  |      14:31:00   |  
Web : Image
Web : Image

चैत २०, काठमाडौं ।  कोरोना महामारी शुरु भएदेखि यता विश्वभरका मानिसहरुमा डर पैदा भएका कारण धेरै डराएर रातमा सुत्न नसकेका तथ्यांक बाहिर आउन थालेका छन् । यसैको सेरेफेरोमा रहेर रायल फिलिप नाम गरेको एक विदेशी संस्थाले १३ देशका मानिसहरुलाई लिएर निन्द्रा नलाग्ने विषयलाई लिएर एक सर्भेक्षण गरेको छ। सर्वेक्षणमा करिब ३ सय ७५ प्रतिशत मानिसहरुले आफूहरुलाई साच्चै निन्द्रा नलाग्नुको कारण कोरोनाको संन्त्रास नै हो भनेर प्रतिक्रिया दिएका छन् । विशेष गरेर उनीहरुले खराब सपना देख्न थालेको बताएका छन् । महामारीले धेरै मानिसहरुको सपनामाा असर पारेको अध्ययनले देखाएको छ ।

उक्त सर्भेमा ७ सय ५ युवाहरुलाई सहभागि गराएर अध्ययन गरिएको थियो । जसमध्ये कोरोना महामारीले पुरुषहरुमा भन्दा पनि महिलाहरुमा धेरै असर पारेको देखिएको छ । यसै विषयलाई लिएर विश्वभरका स्लिप न्यूरोलोविस्टहरुले यस्तो समस्यालाई कोरोना इन्सोम्निया  भनेर नयाँ नाम दिएका छन् । के हो त यो कोरोना इन्सोम्निया  भन्ने प्रसंगमा अमेरिकन एकेडेमी अफ न्यूरोलोजिस्टका अनुसार यसको पछाडी कोरोना भाइरसले गर्दा मानिसहरुमा आएको एक प्रकारको डर नै मुख्य कारक भएको तर्क गरेका छन् । कोरोना भाइरसले संक्रमित हुने डर धेरैमा भएको पाइएको छ । यस्तै परिवार तथा आफ्नो मान्छेको स्वास्थ्यप्रति हुने धेरै चिन्ताका कारण पैदा भएको डर नै कोरोना इन्सोम्निया  भएको विज्ञहरुले पुष्टि गरेका छन् । 
कोभिड इन्सोम्निया को कारण यस्ता छन् 

कोरोना संक्रमित भएकालाई र नभएका दुवैलाई निन्द्र नलाग्नु । कोरोना संक्रमित भइसकेकाले धेरै तनाब लिने पाइएको र उक्त तनावले मानिसहरुलाई अन्य समस्यातर्फ ढकेल्नु अर्को झनै ठूलो समस्या भएको पाइएको छ।  चिनको इन्इन्सोम्निया को दर १४३ देखि २०५ सम्म बढेको छ । इटली र ग्रिसमा यसको दर महिलाहरुमा ४० प्रतिशत भन्दा बढी भेटिउको छ । यस्ता धेरै तथ्यांक अन्य देशहरुमा पनि छन् । समग्र अध्ययनबाट विश्वभरका स्लिप न्यूरोलोजिस्टहरुले यो समस्यालाई सर्वेक्षण गरेपछि कोरोना इन्सोम्निया  नाम दिएका छन् । अमेरिकन एकेडेमी अफ न्यूरोलोजिस्टका अनुसार यो रोग लागेपछि कोरोना संक्रमण होला की भन्ने डर मानसिक रुपमा बढ्ने बताइएको छ । निन्द्रा नलाग्नु । धेरै अल्छी लाग्नु । थाकेको जस्तो महसुस हुनु । सुतेपछि पनि बेलाबेलामा उठन मन लाग्नु । धेरै ढिला सुतेपनि छिटै उठ्न मन लाग्नु कोभिड इन्सोम्निया का मुख्य लक्षण हुन् । 

कोभिड इन्सोम्निया बाट कसरी बच्ने ?
दिउँसो धेरै कफि नखाने । दिउँसो २ बजेपछि मात्र चिया कफि थोरै खाने । सुत्नु अगाडि मोबाइल चलाउने । अमेरिकन नेशनल इन्टिच्युट फअ हेल्थका अनुसार मोबाइल, टिभि, कम्प्युटरको लाइट कम पारेर प्रयोग गर्न सबैलाई आग्रह गरेको छ। 
यस्तै नेशनल स्लिप फाउन्डेसनका अनुसार राती सुत्दा कोठाको तापक्रम १६ देखि १७ डिग्री सेल्सिय बनाएर सुत्न उपयुक्त हुने जनाइएको छ । 

राम्रोसँग निन्द्रा नलागे स्वास्थ्यमा धेरै समस्या आइपर्ने विज्ञहरु बताउँछन् । जस्तै हर्टह्याटक हुन सक्छ । निन्द्रा पूरा भएन भने ब्लड प्रेसर लामो समयसम्म बढ्ने बताएका छन् । जस्ले गर्दा हृदघात हुने सम्भावना धेरै हुन्छ । यस्तै मोटोपना पनि बढेर जान्छ । निन्द्रा नलागेपछि लेप्टिन र घ्रलिन नामका दुइ वटा हर्मोन बढ्ने भएकाले हर्मोनको सन्तुलन बिग्रन्छ र स्वास्थ्य निकै गडबड हुन थाल्छ । निन्द्रा नलागेपछि शरिरमा थकान बढ्ने र उक्त कारण डायबेटिज पनि ह्वात्तै बढेर जान्छ । यसरी कोरोना इन्सोम्निया ले मानिसहरुका लागि घातक हुने सर्वेक्षणमार्फत पुष्टि भएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement