Advertisement
Advertisement
Advertisement
Advertisement

कोमल वलीले दिइन् पन्तविरुद्ध मुद्दा, ४ वर्ष कैद र ४० हजार जरिवाना माग

  |      14:34:00   |  
कोमल वलीले दिइन् पन्तविरुद्ध मुद्दा, ४ वर्ष कैद र ४० हजार जरिवाना माग

फागुन,२५  काठमाडौ । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् 

सार्वजनिक कार्यक्रममा आफ्नो इज्जतमा धक्का पुर्‍याउने नियतले जानी जानी गाली र बेइज्जती गरेको र त्यसको प्रचार प्रसार गरेको भन्दै उनले पन्तविरुद्ध ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय माग गर्दै मुद्दा दायर गरेकी हुन् ।

उनले गाली गरेवापत १ वर्ष कैद र १० हजार जिरवाना तथा बेइज्जती गरेवापत २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना र त्यसको विद्युतीय माध्यमबाट प्रचार प्रसार गराएवापत थप १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग दावी गरेकी हुन् ।

उनले पन्तको अभिव्यक्तिबाट आफ्नो प्रतिष्ठामा परेको असर र विद्युतीय र अन्य माध्यमबाट प्रचार प्रसार गरी बेइज्जती गरेकाले मनासिव क्षतिपूर्ति र मुद्दामा लागेको खर्च भराउन पनि माग गरेकी छन् ।

गत फागुन १५ गते नेता पन्तले पार्टीमा बिसौं वर्ष योगदान गरेका महिलाहरु भए पनि कोमल वलीले राष्ट्रियसभाको टिकट पाएको भन्दै उनीविरुद्ध लैंगिक हिंसाजन्य टिप्पणी गरेका थिए ।

वलीले गीत संगीत, कला र साहित्य क्षेत्र र सञ्चार माध्यमको क्षेत्रमा लामो समयसम्म देश र जनताप्रति गरेको योगदानको आधारमा नै तत्कालिन नेकपा एमालेले राजनैतिक जिम्मेवारी दिएको उल्लेख गरेकी छन्

तर राजनीतिमा प्रोपोगाण्डा फैलाउने कुत्सित उद्देश्य बोकी नेता पन्तले जानी जानी आफूलाई प्रतिनिधिपात्र बनाई समग्र महिलाप्रति नै अपमान हुने गरी अभिव्यक्ति दिनु महिलाविरुद्धको जघन्य हिंसा भएको वलीले निवेदनमा भनेकी छन् ।

‘देशको कुल जनसंख्याको आधा भन्दा बढी अंश ओगट्ने महिलालाई संरक्षण संवर्द्धन गर्ने कार्यमा नेपालको संविधान राजनीतिक दल तथा त्यसका नेताहरु लागि पर्नुपर्ने मुख्य अभिभारा पूरा गर्ने हैसियतको व्यक्तिको मप्रतिको लाञ्छित अभिव्यक्तिले मेरो अपमान भएको छ’ वलीले भनेकी छन् ।

महिलाको स्वतन्त्र पहिचान, आत्मसम्मान र क्षमतालाई महत्व नदिई पुरुषसँगको निकटताबाट नै महिलाको राजनीतिक भविष्य बन्ने गरेको जस्ता अभिव्यक्ति प्रकट गरी महिलाको चरित्र र आचरणमाथि प्रश्न उठाउने पन्तको कार्यले आफ्नो मात्र नभई समग्र महिला वर्गपति गाली बेइज्जतु भएको वलीले बताएकी छन् ।

अनलाइनखबरबाट साभार


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement