Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालका ६ वटा वाणिज्य बैंकले सञ्चालक समितिमा महिलालाई स्थान नदिएर कानूनको उल्लंघन

  |      13:20:00   |  
नेपालका ६ वटा वाणिज्य बैंकले सञ्चालक समितिमा महिलालाई स्थान नदिएर कानूनको उल्लंघन

चैत १५,काठमाडौं । नेपालका ६ वटा वाणिज्य बैंकले सञ्चालक समितिमा महिलालाई स्थान नदिएर कानूनको बर्खिलाप गरेका छन् । ऐन अनुसार दर्ता भएका बैंकहरूमा अनिवार्य महिला हुनुपर्ने भएपनि ६ बैंकले महिलालाई स्थान नै नदिएर कानूनको बर्खिलाप गरेका हुन् ।

कम्पनी ऐनले कुनै पनि पब्लिक कम्पनीको सञ्चालक समितिमा कम्तिमा एकजना महिला अनिवार्य गरेको छ । तर कानूनको बर्खिलाप गर्दै महिलालाई स्थान नदिने बैंकहरूमा एनआईसी एसिया, सिद्धार्थ , एनएमबी , ग्लोबल आईएमई र हिमालयन र सिभिल बैंक छन् । बैंकमा निक्षेप र कर्जा बढाउन भने यी मध्ये कतिपयले महिला तथा नारी नामका विभिन्न योजना ल्याएका छन् । कानूनले अनिवार्य गरेको विषयलाई नै उपेक्षा गर्ने यी बैंकहरूले आफ्नो व्यवसायका लागि भने महिलाको नाम बेच्ने गरेको प्रष्ट हुन्छ ।

७ जना सञ्चालक रहेको एनआईसी एसीयामा एकजना पनि महिला सञ्चालक छैनन् । एनआईसीले बचतका लागि महिलालाई आकर्षण गर्न भने नारीलाई प्राथमिकता दिने नाममा विभिन्न प्रकारका नारी बचत खाता योजना सञ्चालन गरेको छ ।

त्यसैगरी एनएमबी बैंकमा पनि ७ जना सञ्चालक मध्ये एकजना पनि महिला सञ्चालक राखिएको छैन । एनएमबीले पनि महिलाका नाममा नारी बचत खाता सञ्चालन गरेको छ ।

सिद्धार्थ बैंकको ५ जनाको सञ्चालक समिति पनि महिला विहीन छ । उसले पनि निक्षेपका लागि भने सिद्धार्थ नारीका नाममा बचत खाता सञ्चालन गरेको छ । ९ जना सञ्चालक रहेको हिमालयन बैंकले पनि सञ्चालकमा महिलालाई स्थान दिएको छैन । तर बचतमा महिलाको नाममा एचबीएल नारी बचत खाता सञ्चालन गरेको छ । 

महिलालाई आकर्षित गर्न ग्लोबल नारी बचत, ग्लोबल नारी शक्ति बचत खाता तथा मेरी उनीलाई मुद्दती लगायतका खाता सञ्चालन गरेको ग्लोबल आईएमई बैंकका ६ जना सञ्चालक मध्ये एकजना पनि महिला छैनन् ।

सिभिल बैंकमा पनि ७ जना सञ्चालक मध्ये एकजना पनि महिला रहेका छैनन् । सिभिलमा आमाबुबा, नारी लगायतका बचत खाता भने छन् ।सदियौँदेखि उपेक्षामा परेका महिलाको राज्यका विभिन्न निकायमा महिला सहभागिताका लागि ठूला आन्दोलन र हजारौँको बलिदान भयो । तर त्यसको कार्यान्वयनमा राज्यले प्रभावकारी भूमिका खेल्न नसक्दा प्रभावकारी नहुँदा अझैपनि महिलाहरूलाई अवसरबाट बञ्चित गरिँदै आइएको छ ।

नारी खबरबाट साभार

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement