कार्तिक २०, काठमाडौ । कञ्चनपुरमा बेपत्ता महिला सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी छन् ।
शुक्लाफाँटा नगरपालिका-७ कि नारूदेवी जोशी आइतबारदेखि बेपत्ता भएकी उनी मृत भेटिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जोशी सोमबार बिहान मध्यवर्ती सामुदायिक वनमा उनी मृत अवस्थामा भेटिएको बताए ।
उनका अनुसार मृत भेटिएकी महिलाको घाँटीमा निलडाम रहेकाले हत्याको आशंका गरिएको छ ।यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।