कार्तिक १३, काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा आमासहित दुई छोरा र एक छोरीको हत्या गरिएको छ । कुकुरसहित प्रहरीको विशेष अनुसन्धान टोली घटनास्थल अनुसन्धानका लागि आइपुगेको छ।
छायानाथ रारा नगरपालिका वडा नं ६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा १ वर्षीय छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्याको अनुसन्धान गर्न प्रहरीको अनुसन्धान टोली घटनास्थल आइ पुगेको हो। मुगु सामूहिक हत्या प्रकरणका मुख्य दोषी घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली घटनास्थलमा खटाइएको छ।