Advertisement
Advertisement
Advertisement
Advertisement

अफगानी महिलामा किन बढ्दै छ आत्महत्या ?

  |      12:42:00   |  
वेब तस्विर
वेब तस्विर

असार २५, काठमांडौ ।  ‘म अरू बढी बाँच्न चाहदैनथें । यसकारण मैले विष खाएर मर्न खोजें ।’ जमिला परिवर्तित नाम ले आफ्नो विहे पक्का भएको केटाले धोका दिएको महसुस गरेपछि आत्महत्या प्रयास गरिन् । मगनी भएको ६ वर्षपछि उनीसँग विहे पक्का भएको केटाले बिहे नगर्ने निर्णय सुनाए । जमिला ‘अब तन्नेरी’ नभएको कुरा पनि बताए ।

 

अहिले जमिला १८ वर्षकी भइन् । उनी १२ वर्षको हुँदा उनको परिवारले उनको विवाहको काम–कुरो छिनेका थिए । गएको महिना जमिलाले आत्महत्या गर्ने प्रयास गरिन् । उनकी आमाले उनलाई हेरतको एक अस्पतालमा उपचार गराइन् ।

 

जमिला अफगानिस्तानका एक हजार महिला मध्ये एक हुन् जो हरेक वर्ष आफूलाई मार्न खोज्छन् ।

 

अफगानिस्तानको स्वतन्त्र मानव अधिकार आयोगको अनुसार लगभग ३ हजार अफगानीहरु हरेक वर्ष आफ्नै जीवन अन्त्य गर्ने प्रयास गर्छन् ।

 

हेरत प्रान्तमा मात्रै यिमध्ये आधा भन्दा बढी घटना भएका छन् ।

 

हेरतका स्वास्थ्य अधिकारीहरूका अनुसार, सन् २०१७ मा १ हजार ८ सय मानिसले आफैलाई मार्न खोजे । जसमध्ये १ हजार ४ सय महिला थिए । ३५ जनाले आफ्नो जीवन आफै समाप्त पारे ।

 

यो आँकडा अघिल्लो वर्षको भन्दा लगभग दोब्बरले उच्च छ । विश्वभरको तथ्यांक हेर्दा महिलाले भन्दा बढी पुरुषले आत्महत्या गरेका छन् । अफगानिस्तानमा अनुमान गरिए अनुसार आत्महत्याका प्रयास मध्ये ८० प्रतिशत महिलाले गर्ने गरेका छन् ।


स्वतन्त्र मानव अधिकार आयोगले चेतावनी दिएको छ, आत्महत्या प्रयासको संख्या अझ बढ्न सक्छ । किनकी अफगानिस्तानमा धेरै मानिस विभिन्न कारणले आत्महत्याको रिपोर्ट गर्दैनन् ।

 

आत्महत्या प्रयासलाई निन्दनीय र गैरइस्लामिक मानिने कारण ग्रामीण इलाकाका धेरै मानिस आत्महत्या प्रयासको घटना र जानकारीलाई आफू र आफ्नो परिवारभित्र सीमित राख्न चाहन्छन् ।

 

अफगानिस्तानमा महिलामा देखिएको उच्च आत्महत्या प्रयास दरको कारक तत्व एउटा मात्र देखिँदैन । स्वतन्त्र मानव अधिकार आयोगको हवा अलार्म नुरिस्तानी भन्छिन्, ‘ती कारणहरू मानसिक स्वास्थ्य समस्या र घरेलु हिंसादेखि लिएर जबरजस्ती विवाह र महिलाले सामना गर्दै आएका अन्य धेरै सामाजिक दबाबहरु हुन सक्छन् ।’

 

यो कुरा स्पष्ट छ, अफगानिस्तानको जीवन धेरैका लागि अत्यन्त गाह्रो छ । खास गरी महिलाको लागि । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुमान अनुसार दस लाख भन्दा बढी अफगानीहरू निराशाजनक मानसिक विकारहरूबाट पीडित छन् । यो देशले ४० वर्षको सशस्त्र संघर्ष भोगिसकेको छ ।

 

यहाँ महिलामाथि हुने हिंसा व्यापक छ । संयुक्त राष्ट्र जनसंख्या कोषको अनुमानित तथ्यांक अनुसार अफगानिस्तानका ८५ प्रतिशत महिला शारीरिक, यौन वा मनोवैज्ञानिक हिंसा मध्ये कम्तिमा एक प्रकारको हिंसाबाट पीडित छन् । ६२ प्रतिशतले विभिन्न प्रकारका दुव्र्यवहारहरू भोगेका छन् ।

 

किन महिलाले पीडाबाट बच्न आत्महत्या गर्न खोज्छन् ? जबरजस्ती विवाहलाई पनि एउटा कारकको रुपमा प्रस्तुत गरिएको छ ।

 

युनिसेफको रिपोर्ट अनुसार अफगानिस्तानको एक तिहाई किशोरीहरुको १८ औं जन्मदिन अघि नै विवाह भइसकेको हुन्छ । गरिबी र रोजगारीको अवसरको कमीे महिलाको सबैभन्दा ठूलो चिन्ताको विषय रहेकोे रिपोर्टमा उल्लेख गरिएको छ ।

 

खतरनाक पदार्थहरू

विश्व स्वास्थ्य संगठनले विषको सहज पहुँच र बढ्दो आत्महत्या दरबीच सम्बन्ध रहेको जनाएको छ । अफगानिस्तानको अर्को समस्या भनेको विषादी सर्वसुलभ उपलब्ध हुनु हो ।

 

‘पछिल्ला केही वर्षहरूमा मानिसलाई औषधि र अन्य पदार्थहरू पाउन सजिलो भएको छ’ हेरतको मुख्य अस्पतालका प्रवक्ता मोहम्मद रफिक शिरजीले बीबीसी अफगानिस्तान सेवालाई बताए – ‘गत वर्ष हामीले सरोकारवाला संगठनहरूलाई खतरनाक पदार्थहरू सजिलै उपलब्ध हुन नदिन आग्रह गर्यौं ।’

 

हेरतका चिकित्सकहरु भन्छन्, आत्महत्या रोकथामको लागि उपयुक्त रणनीति नभएसम्म आत्महत्याको दर घट्ने छैन ।

 

काबुलका अफगानी स्वास्थ्य अधिकारीहरूले रोकथामको लागि राष्ट्रिय योजनाको रुपरेखा तयार पारेका छन् ।

 

जसमा मानसिक स्वास्थ्य समस्याबाट पीडितहरूलाई चिकित्सा केन्द्रहरूमा पहुँच प्रदान गर्नु पनि सम्मिलित छ ।

 

त्यहाँको सार्वजनिक स्वास्थ्य मन्त्रालयले एउटा कार्ययोजना तयार पार्न तथ्यांक खोजी रहेको बताएको छ ।

 

साभारः बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement