Advertisement
Advertisement
Advertisement
Advertisement

अनिशा र प्रविण बने ‘मोडल हन्ट नेपाल’ सिजन ६ का विजेता

  |      12:34:00   |  
Web : Image
Web : Image

 चैत १६, काठमाडौं । सहभागिता, प्रस्तुतिकरण र चर्चाको दृष्टिकोणले नेपाली परिवेशमा सर्वाधीक वृहत्, स्तरीय एवं लोकप्रिय मोडलिङ प्रतियोगिताका रुपमा स्थापित मोडल हन्ट नेपाल सिजन ६ को ग्राण्ड फिनाले भव्यतापूर्वक सम्पन्न भएको छ।

काठमाण्डौस्थित पाँच तारे होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न प्रतियोगितामा प्रविण चापागाई र अनिशा शाक्यले विजेताको ट्रफी उचाल्न सफल भए। ३४ जना युवा एवं ३२ जना युवतीवीचको उक्त प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुले आईसी कलेज अफ आर्ट एन्ड फेसनका १७ औँ ब्याचका ३४ जना विधार्थी डिजाइनरहरुले तयार पारेका विविध आकर्षक एवं मनमोहक पहिरनहरुमा सजिएर अन्तर्राष्ट्रियस्तरको र्याम्प सेटअपमा आआफ्नो मोडलिङ सीप र कलालाई प्रस्तुत गरेका थिए। 

प्रतियोगिताको फस्ट रनर अपतर्फ मिनाल्ड लामिछाने र श्रीयशी श्रेष्ठ तथा सेकेन्ड रनर अपतर्फ अनुप कार्की र परितोषिका पन्त विजेताका रुपमा छनौट भएका थिए। ग्लोबल आईएमई पे भोटिङ पार्टनर रहेको प्रतियोगितामा लक्ष्मी राना र सौर्या तिर्वा मोस्ट स्टाइलिस, प्रविण चापागाईं र राजश्री कार्की वेष्ट पर्सनालिटी, अनुप कार्की र सरिता बाडी वेष्ट वाक, शुभम् भण्डारी र श्रीरुधी बस्न्यात पब्लिक च्वाइस तथा मि। एण्ड मिस मल्टिी मिडिया, प्रतिभा गुरुङ र कविर घले गुरुङ सोसियल्ली रेस्पोन्सिबल विधातर्फ विजयी बनेका थिए। 

यसैगरी विनय पन्त र अनिशा शाक्य मोस्ट फोटोजेनिक, मिनाल्ड लामिछाने वेष्ट फिजिक र अदिति मानन्धर बेष्ट फिगर, गणेश राज जोशी र श्रीयशी श्रेष्ठ कमर्सियल मोडल, सौगात श्रेष्ठ र पूजा कार्की मोस्ट पपुलर शुभम् भण्डारी र स्मृति ओली होप इन्टरनेसल एजुकेसनका ब्राण्ड एम्बेसडर, शुभम् भण्डारी र स्नेहा पोखरेल फेस अफ ओखतीका रुपमा छनौट भएका थिए।

नेक्स्ट मोडल्स नेपालको ब्यानरअन्तर्गत रवि धमला र एत्ना पाण्डेको निर्देशनमा सञ्चालन भएको मोडल हन्ट नेपालका मुख्य प्रशिक्षक एवं कोरियोग्राफर रोजिन शाक्य हुन् भने प्रतियोगिता शाक्यकै संचालनमा सम्पन्न भएको हो। प्रतियोगितामा आईसी ग्रुप, नेपालका प्रबन्ध निर्देशक शैलजा अधिकारी, कान्तिपुर टेलिभिजनका कार्यकारी निर्माता एवं संचारकर्मी सुरज सिंह ठकुरी, संचारकर्मी एवं पूर्व मिस नेपाल माल्भिका सुब्बा, डा। आयुष्मान घिमिरे तथा फेसन डिजाइनर इन्टा श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए। 

मोडल बन्ने प्रक्रियाअन्तर्गतको विशेष एवं अन्तर्राष्ट्रियस्तरको ग्रुमिङ परिवेशमा आफ्नो व्यक्तित्वलाई मोडल व्यक्तित्वमा रुपान्तरण गर्ने क्रममा र्याम्प मोडलिङका विविध आयाम र व्याकरण देखि स्टेज प्रस्तुतिकरणका तरिका लगायत समग्रमा व्यावासायिक मोडलमा हुनुपर्ने गुण र सीपहरुको विकास गर्ने क्रममा करिब पाँच साताको ग्रुमिङ एवं प्रशिक्षण पश्चात् मोडल हन्ट नेपाल सिजन ६ को फाइनल प्रतिस्पर्धा विधिवत् रुपमा सम्पन्न भएको हो। 

प्रतियोगिताका विजेताहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा आफ्नो उपस्थिति दर्शाउने छन्। यसका साथै कोरियामा सञ्चालन हुने एलबीएमए अवार्डस्, गोवामा सञ्चालन हुने इन्टरनेसनल फेसन विकलगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्नेछन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement