कार्तिक २३, काठमाडौं । गत साता अछाममा पुरुषको हत्या घटनामा फरार महिला काठमाडौंबाट पक्राउ परेकी छिन्।
अछाम पञ्चदेवल विनायक नगरपालिका– ८ लक्ष्मी सुनारलाई काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ
गरेको हो।
गत १७ कात्तिकमा उनीसमेतका व्यक्तिले छिमेकी १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको हत्या गरेको प्रहरीले बताएको छ।
घटनापछि फरार रहेकी लक्ष्मीलाई काठमाडौंको माछापोखरीबाट पक्राउ गरिएको छ ।थप अनुसन्धानका लागि उनलाई अछाम पठाइएको छ।