Advertisement
Advertisement
Advertisement
Advertisement

घुम्टोभित्र मधेसका महिला : श्रीमानले भनेको उम्मेदवारलाई भोट

  |      00:00:00   |  
धनुषाको देवपुरा गाउँमा निर्वाचन विषयमा छलफल गर्दै महिला ।  तस्विर : अन्नपूर्ण पोस्ट
धनुषाको देवपुरा गाउँमा निर्वाचन विषयमा छलफल गर्दै महिला । तस्विर : अन्नपूर्ण पोस्ट

मनिका झा 

भदौ २५, जनकपुरधाम । मधेसका महिलाले अहिले पनि पतिले भनेकै ठाउँमा भोट हाल्ने गरेका छन् । मधेसका महिला घरभित्रै बस्ने र बाहिर निस्के पनि घुम्टो ओढ्ने गर्दा उम्मेदवारले पनि पुरुष सदस्यलाई नै भेटेर आफ्ना एजेन्डा बुझाउने गर्छन् ।महिला मतदातासँग प्रत्यक्ष कुराकानी गरी आफ्ना एजेन्डाबारे बुझाउनसमेत उम्मेदवारलाई वातावरण छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

 

बुहारीले ससुरा, जेठान र छिमेकी पुरुषसँग संवाद नगर्ने परम्परा अहिले पनि मधेसमा छ । सोही परम्पराकै कारण उम्मेदवार आफूलाई प्रत्यक्ष रूपमा मत माग्न सक्दैनन् ।जनकपुर उपमहानगरपालिका–२० देवपुराकी ६५ वर्षीय सोनावतीदेवी दास दलका उम्मेदवारले प्रचारप्रसारका लागि थमाएर गएको पर्चा हेर्दै गरेको भेटिइन् । लेखपढ गर्न नजान्ने दासलाई पर्चामा रहेका उम्मेदवारको तस्बिर र चुनाव चिह्नले मात्रै आकर्षित गरेको देखिन्थ्यो ।

 

दलको चुनाव चिह्नबारे परिवारका सदस्यले भनेको तथा यसअघिका चुनावका बेला चुनाव चिह्न हेरेकाले दासले एक–दुई दलको चुनाव चिह्न छुट्याउन सकिन् । उनले अन्य दलका उम्मेदवार र चुनाव चिह्नबारे थाहा नभएको सुनाइन् ।

 

चुनाव केका लागि हो रु के फाइदा हुन्छ जस्ता विषयमा अनभिज्ञ दास श्रीमान् र छोराले भनेकै ठाउँमा भोट खसाल्ने सोचमा छिन् । उनी भन्छिन्, ‘हामीलाई को दल, को उम्मेदवार थाहा छैन । घरका मालिकले जहाँ भन्छन् त्यहीँ भोट हाल्छौं ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement