Advertisement
Advertisement
Advertisement
Advertisement

दैलेख जिल्लाको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष शाही दम्पतीको अपहरण

  |      15:26:00   |  
दैलेख जिल्लाको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष शाही दम्पतीको अपहरण

पुस ६, दैलेख । जिल्लाको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उहाँकी धर्मपत्नी इलामल्ल शाहीलाई नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । ठाटीकाँध गाउँपालिका–२ श्रीपाटामा रहेको घरबाट राति १२ बजे शाही दम्पती अपहरणमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर वलीले अपहरणमा परेको खबर आएको र त्यसका लागि प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो । 

वडा नं १ का वडाध्यक्ष नर्तमबहादुर बुढाका अनुसार राति १५ जनाको टोली आएर अपहरण गरेको भन्ने सुनेर स्थानीय आफन्त र अन्य टोली खोजीकार्यमा लागेको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष सुस्मीता शाहीले भने घटनाको बारेमा आफूलाई प्रहरीले जानकारी दिएको उल्लेख गर्नुभयो । 

यसैबीच अध्यक्षसहित अपहरणमा परेकी उहाँकी श्रीमती इलामल्ल शाही दैलेख र कालिकोट जिल्लाको सिमानामा पर्ने बताहालेकमा भेटिनुभएको स्थानीयवासीले बताएका छन् । अपहरणको सूचना पाएलगत्तै स्थानीयले खोजी गर्न हिँडेको टोलीले दैलेख र कालिकोट पर्ने बताहालेकमा बिहान ९ बजे फेला पारेको सूचना आफूलाई प्राप्त भएको वडाध्यक्ष बुढाले बताउनुभयो । अध्यक्षको अवस्था भने अझै अज्ञात रहेको उहाँले बताउनुभयो । 
साभार : रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement