Advertisement
Advertisement
Advertisement
Advertisement

शिक्षित परिवारका महिला पनि छाउगोठमा

  |      15:07:00   |  
वेब तस्विर
वेब तस्विर

►हेमन्त केसी 

 पुस  २९,जाजरकोट ।जाजरकोटका अधिकांश शिक्षितका घरमा नै महिनावारी हुँदा छाउ बार्ने चलन कायमै रहेको छ । देउता रिसाउने, अशुभ हुने लगायत सामाजिक मान्यताका कारण छाउ बार्ने गरेको पाइएको हो । जिल्लाका केही ठाउँमा अहिले पनि छाउगोठमै गएर बस्ने गरिएको छ । परम्परागत सोच र सामाजिक परम्पराको दवाबमा यस्तो गर्न बाध्य भएको शिक्षित परिवारले नै बताएका छन् । छाउगोठ बस्दा चिसोले समस्या हुने गरेको पीडित महिलाहरू बताउँछन् ।  जनप्रतिनिधिदेखि शिक्षक, राजनीतिक दलका परिवारमा समेत महिनावारी हुँदा बाहिर सर्ने चलन विगतदेखि नै चलिआएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो । 

 

विद्यालयमा लाजका कारण स्वास्थ्य तथा शारीरिक विषयसमेत राम्रोसँग पढाइ नहुँदा अर्को समस्या भएको छ । शिक्षकले खुलेर प्रजनन स्वास्थ्यका विषयमा कक्षा लिन नसक्दा व्यवहारमा लागू हुन नसकेको हो ।  उमेर बढ्दै जाँदा शरीरमा देखापर्ने विभिन्न खालका परिर्वतनका विषयमा शिक्षकले कक्षामा पढाउन खोज्दा छात्रा टाउको निहु¥याएर बस्ने र छात्रहरूले हाँसेर उडाउँदा कक्षा नियन्त्रण गर्न समस्या हुने गरेको शिक्षक बताउँछन् ।  विद्यालयमा पढाएका कुरा स्वयं शिक्षकले घरमा लागू गर्न नसक्नु अर्को दुर्भाग्य भएको नागरिक अगुवा शाहको भनाइ छ । जिल्लाको जुनिचाँदे गाउँपालिका–४ लहादहकी १९ वर्षीया सावित्रा केसीलाई महिनावारी हुँदा गोठमा बस्दा मृत्यु भएको समाचार रेडियोमा सुन्दा प्रत्येक महिनावारीमा डर लाग्ने गर्छ । आफू पनि चिसोका कारण कतै केही हुने त होइन भन्दै सधैँ मुटु काँप्ने गरेको उहाँको भनाइ छ । त्यस्तै गाउँपालिका मजकोटकी कौशिला कार्की भन्नुहुन्छ, “बर्सेनि महिनावारीका समयमा ७ दिनसम्म घरको आँगनसम्म छुन पाउँदिन, घरको काम भने सबै गर्नुपर्ने बाध्यता छ ।” कार्की थप्नुहुन्छ, “महिनावारीका समयमा पोषिलो खाना, तातो पानी लगायतका कुरा खानुपर्छ भन्ने जानकारी हुँदाहुँदै पनि देवता रिसाउँछन् भन्ने मान्यताका कारण घरका मालिकबाट दही, दूध, घिउ खान त के हेर्नसम्म नपाउने अवस्था छ । ”  यता देउता रिसाए आँखा, कान, फुटाउँदै घोर अनिष्ट हुने उहाँको मस्तिष्कमा सामाजिक छाप परेको छ भने अर्कातिर महिनावारीका बेला चिसोले ज्यान जाने त्रासका साथै यौन दुव्र्यवहारमा परिन्छ कि भन्ने सधैँको पिरलो पनि छ । 

 

जिल्लाका दुर्गम गाउँमा महिलामा महिनावारी र सुत्केरी हुँदा घरभित्र नबस्ने, सरसमान छुनु हुँदैन भन्ने चलन कायम हुँदा यहाँका महिलाहरूले महिनैपिच्छे पीडा भोग्नुपरेको छ । सुत्केरी भएको बेला २२ दिन र महिनावारी भएको बेला ७ दिनसम्म घरबाहिर छाउगोठ वा छाप्रोमा बस्नुपर्ने बाध्यता छ ।  छाउपडीलाई महिलाहरूले सामाजिक दवाबका कारण निरन्तरता दिन बाध्य छन् । यस्तो समस्या ग्रामीण शिक्षित र अशिक्षित महिलामा धेरै रहेको जुनिचाँदेका स्थानीय रेशम खड्का बताउनुहुन्छ ।  जिल्लाका अन्य ठाउँमा सुत्केरी हुँदा छुट्टै छाउगोठ नभए पनि गाईभैँसी बाँध्ने ठाउँको एक कुनामा स्थान बनाई बस्ने चलन छ । सुत्केरीदेखि महिनावारी हुँदासम्म गोठको एक कुनामा बस्ने चलन अहिले पनि कायमै रहेको ग्रामीण क्षेत्रका महिलाहरू बताउँछन् । नुनको धुलो र सुख्खा रोटीसँग ७ दिनसम्म बिताउनुपर्ने बाध्यता रहेको दुखेसो उनीहरूको छ । दुई तलाको घरमा तल्लो तलामा गाईभैँसी बाँध्ने गरिन्छ भने माथिल्लो तलामा मानिसहरू बस्ने गर्दछन् । गाईभैँसीको मल, मुत्र रहेको ठाउँमा बस्दा दुर्गन्धका कारण स्वास्थ्यमा समस्या आउने गरेको बारेकोट गाउँपालिका–७ की पार्वती विकले बताउनुभयो । 

 

पढेलेखेका विद्यार्थी पनि परिवारको दवाबमा छाउ बार्न बाध्य छन् । द्वन्द्वकालमा समेत छाउपडी प्रथा हटाउन ठुलो प्रयास भएपनि नसकिएको तत्कालीन जनसरकार प्रमुख टेकबहादुर रावलले बताउनुभयो । “जबसम्म हाम्रो दिमागमा देवीदेवतासम्बन्धी मान्यता रहन्छ, तबसम्म यस्ताखालका सामाजिक कुरीतिसँग लड्न ठुलो बल प्रयोग गरेपनि सम्भव कम हुन्छ”, उहाँले भन्नुभयो । जिल्लाको जुनिचाँदे गाउँपालिकाले यो प्रथा उन्मूलन गर्न विभिन्न अभियान सुरु गरेपनि परिणाम आउन नसकेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement