Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा

  |      12:56:00   |  
नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा

वैशाख १६ काठमाडौं । नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा भएको पाइएको छ । एमनेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको मानव अधिकार अवस्था प्रतिवेदनमा सन २०२३ देखि सन २०२४ सम्म १६ हजार बढी घरेलु हिंसा भएको उल्लेख छ ।

बाल विवाह, बाल श्रम र छाउपडी (महिनावारी हुँदा महिला र किशोरीहरूलाई झुपडीमा एक्लै बस्न बाध्य पार्ने प्रथा) लाई कानुनी रूपमा निषेध गरिएको छ । तथापि, महिला र बालिकाविरुद्धका हानिकारक अभ्यास र यौनजन्य तथा लिङ्गमा आधारित हिंसा जारी रहेको प्रतिवेदनले औंल्याएको छ ।

१७ जुनमा अछाममा महिनावारी हुँदा राखिएको एउटा झुपडीमा १६ वर्षीया किशोरी बलात्कृत भएको विषयलाई उदाहरणको रूपमा राखिएको छ । अर्को उदाहरणको रूपमा ‘आफ्नै घरमा काम गर्ने १० वर्षीया बालिकालाई तीन वर्षभन्दा बढीसमयदेखि बारम्बार बलात्कार गरेको आरोपमा जुलाईमा एक प्रहरी निरीक्षकलाई पुर्पक्षका लागि थुनामा राखिएको’ विषयलाई प्रस्तुत गरिएको छ ।

‘जुलाई २०२३ र जुन २०२४ का बीच प्रहरीले १६ हजारभन्दा बढी घरेलु हिंसाका घटनाहरू अभिलेख गरेको थियो’ प्रतिवेदनमा भनिएको छ, ‘सामाजिक कलंक र प्रणालीगत व्यवधानहरूका कारण धेरै घटनाहरू एकदमै कम मात्रमा रिपोर्टमा आए ।’
नेपालमा छुवाछुत लगायत जातीय विभेद निरन्तर जारी रहेको एमनेस्टी इन्टरनेसनलले औंल्याएको छ ।
कानुनी संरचनाहरूका बाबजुद जातीय हिंसामा विद्यमान व्यापक दण्डहीनताले दलित र विशेषगरी दलित महिला तथा बालिकाहरूका लागि न्याय प्राप्तिमा रहेका अवरोधहरू थप गम्भीर बनेको निष्कर्ष निकालिएको छ ।

‘एकजना दलित युवकसँगको सम्बन्धका कारण आफ्नी १५ वर्षीया छोरीको हत्या गरेको आरोपमा जनवरीमा एक पुरुषलाई पक्राउ गरिएको थियो । ६ जुनमा सिराहाको मिर्चया नगरपालिका–७ का दलित बस्तीहरूमा पिउने पानी र विद्युत जस्ता अत्यावश्यक सेवाहरूको अभाव रहेको सम्बन्धी रिपोर्टहरू सार्वजनिक भए’ प्रतिवेदनमा उल्लेख छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement