Advertisement
Advertisement
Advertisement
Advertisement

महिला स्तन क्यान्सरविरूद्धको पिंकथन दौड दशरथ रंगशालामा

  |      00:00:00   |  
महिला स्तन क्यान्सरविरूद्धको पिंकथन दौड दशरथ रंगशालामा

काठमाडौं । पछिल्लो समय महिला स्तन क्यान्सरका बारेमा निकै खोजी र अनुसन्धान कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । स्तन क्यान्सरका पीडित महिलाहरूको अवस्था र हरेक मुलुकमा लाऊँलाऊँ र खाऊँखाऊँकै उमेरमा स्तन क्यान्सरका कारण ज्यान गुमाउनेहरूको कारुणिक अवस्था दैनिकजसो सुन्नमा आउँछन् । जटिल ढंगले फैलिँदै गएको स्तन क्यान्सरका बारेमा भारतको युनाइटेड सिस्टर फाउन्डेसन स्तन क्यान्सरका विरूद्ध जनचेतना फैलाउने कार्यमा निकै सक्रिय भएर लागिपरेको छ । यस्तो अवस्थालाई कम गर्नका लागि विभिन्न स्वास्थ्य अनुसन्धान तथा अन्य क्षेत्रबाट चेतनामूलक कार्यक्रम भइरहेका छन् । एक उदाहरणका रूपमा लिन सकिन्छ विगत ५ वर्षदेखि भारतमा सुरूभएको पिंकथन ।

के हो पिंकथन ?
महिला स्तन क्यान्सरविरूद्ध दौडमार्फत चेतना फैलाउने प्रतियोगिता हो । जुन भारतमा सुरू गरिएको पिंकथन भारतको सबैभन्दा ठूलो दौड प्रतियोगिताका रूपमा चिनिन्छ । सन् २०१२ देखि भारतमा व्यापक रूपमा सुरू भएको उक्त प्रतियोगिताका योजनाकार मिलिन्ड सोमनले भारतमा युनाइटेड सिस्टर फाउन्डेसनमार्फत उक्त पिंकथन दौडको आयोजना गर्दै आएका छन् । सन् २०१६ मा पिंकथनमा विभिन्न ६ वटा सहरमा आयोजित दौडमा झन्डै ६५ हजार महिला सहभागी थिए । आर्थिकस्थिति कमजोर भएका महिलाहरू कतिपय अवस्थामा क्यान्सरको परीक्षण गराउन र उपचारका लागि अस्पतालसम्म जान नसकेका महिलाहरूले समेत पिंकथनमा भाग लिए । यदि महिलाहरूले शारीरिक रूपमा सचेत र आफूलाई खेलमार्फत सक्रिय राख्न सके क्यान्सरका विरूद्ध लड्न सक्छन् भन्ने सन्देशका साथ पिंकथनले हरेक वर्ष महिलाहरूका लागि पिंकथनको भूमिका बुलन्द पार्दै अगाडि बढिरहेको छ ।खेल भनेको पुरुषले मात्र खेल्ने हो भन्ने सोचलाई तोड्नका लागि पिंकथन नाम दिएर यो प्रतियोगिता सुरु गरेका पिंकथनका योजनाकार मिलिन्ड सोमन बताउँछन् । महिला शारीरिक रूपमा सक्रिय हुने हो भने स्तन क्यान्सर जस्तो रोगबाट बच्न सक्ने सोमनको ठम्याइ छ ।

फागुन १३ गते अर्थात् फेब्रुअरी २४ मा दशरथ रंगशाला जाऔं, पिंकथनमा भाग लिऔं
महिला सशक्तीकरणको नारासहित पिंकथन काठमाडौंमा आयोजना हुने भएको छ । भारतमा लोकप्रिय यो दौड २४ फेब्रुअरी अर्थात् शिवरात्रिका दिन नेपालमा आयोजना हुन लागेको हो । खेलकुद र स्वास्थ्यको माध्यमबाट महिलाको सशक्तीकरणमा टेवा पुर्‍याउने उद्देश्यले भारतको मुम्बईस्थित लेजर पोर्टको संलग्नतामा आयोजना हुन लागेको यो दौडमा विजय हुने दुई जनाले २०१८ को मुम्बई म्याराथनमा भाग लिन पाउनेछन् । जुनसुकै उमेर समूहका महिलाहरूले यो दौडमा भाग लिन सक्नेछन् । 

प्रतियोगितामा ३ किमि, ५ किमि, १० किमि र २० किमि गरी कुल ४ समूह रहेको छ । जसमा २० किमिमा जित हासिल गर्ने ३ खेलाडीलाई ५० हजार, २० हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । यसैगरी १० किमिमा पहिलो तीन स्थानमा आउने व्यक्तिले २० हजार, १० हजार र ५ हजार नगद जित्नेछन् । नेपाल एथलेटिक्स संघको सहयोगमा आयोजना हुन लागेको यो दौड दशरथ रंगशालाबाट सुरु भएर त्यहीँ समाप्त हुनेछ । प्रतियोगिताको विषयमा जानकारी दिने उद्देश्यले केही समय अगाडि पत्रकार सम्मेलन गरिएको थियो । उक्त सम्मेलनमा लेजर पोर्टका नमराज जोशीले दौडको इन्ट्री फिको रुपैयाँ ५ सय राखिएको बताएका थिए । उनले प्रतियोगिताबाट उठेको पैसा ‘ब्रेस्ट क्यान्सर’ सोसाइटीलाई प्रदान गर्ने जानकारी दिएका छन् ।

पिंकथन प्रतियोगिताका योजनाकार भारतका चर्चित सुपर मोडल मिलन्द सोमनको सक्रियतामा भारतमा युनाइटेड सिस्टर्स फाउन्डेसनले यो प्रतियोगिता आयोजना गर्दै आएको छ । सन् २०१५ मा भारतका ८ सहरमा ६६ हजार महिलाले भाग लिएका थिए । जसबाट उठेको ६० लाख भारतीय रुपैयाँ क्यान्सरपीडित महिलाको उपचारमा खर्च भएको थियो। नेपालमा पनि भारतको जस्तै कार्यक्रम आयोजना हुने जोशीले बताए । अहिले दौडमा भाग लिने महिलाहरूले नाम दर्ता गराउन सक्छन् । नेपाल एथलेटिक्स संघका अध्यक्ष शाहले कुनै उद्देश्यका लागि आयोजना हुने प्रतियोगितालाई संघले प्राथमिकता दिने बताएका छन् ।

भारतमा आयोजित पिंकथनको भिडियो यो लिंकमा हेर्न सकिन्छ ।

https://www.facebook.com/hashtag/nammabengalurupinkathon?source=feed_text&story_id=256919718065317


https://www.facebook.com/hashtag/nammabengalurupinkathon?source=feed_text&story_id=256919718065317

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement