Advertisement
Advertisement
Advertisement
Advertisement

फाइजर खोप लगाएपछि न्यूजील्यान्डमा एक महिलाको मृत्यु

  |      12:36:00   |  
GETTY IMAGE
GETTY IMAGE

भदौ १४, काठमाडौं । न्यूजील्यान्डमा फाइजरको कोभिड खोप लिएपछि एक महिलाको मृत्यु भएको विवरण आएको छ। उक्त घटनालाई फाइजर कोभिड खोपसँग सम्बन्धित पहिलो मृत्यु मानिएको छ।

एउटा स्वतन्त्र खोप सुरक्षा अनुगमन समूहले सम्भवतः फाइजर खोपका 'मायोकार्डाइटिस' अर्थात् मुटुको मांसपेशीको सुजन भएर ती महिलाको मृत्यु भएको हुनसक्छ। त्यस्तो अवस्थालाई दुर्लभ दुष्प्रभावका मानिन्छ।

तर उक्त समूहले ती महिलामा 'पहिलेदेखि विद्यमान स्वास्थ्य समस्याहरूले खोप लिएपछिको अवस्थामा असर पारेको हुनसक्ने' जनाएको छ। मृत्युको आधिकारिक कारण भने अहिलेसम्म निर्क्योल गरिएको छैन।

तर कोभिड-१९ भ्याक्सीन इन्डिपेन्डन्ट सेफ्टी मनिटरिङ बोर्डले मुटुमा उत्पन्न समस्या 'खोपका कारण उत्पन्न भएको हुनसक्ने' बताएको छ।

'खोप लगाएको केही दिनमा मृत्यु भएको यो घटना न्यूजील्यान्डमा फाइजरको कोभिड-१९ खोपसँग सम्बन्धित पहिलो मृत्युको घटना हो। खोप लगाएको केही दिनभित्र मृत्यु भएका अरू केही घटनाबारे हामीलाई विवरण प्राप्त भए पनि अन्य घटना खोपसँग सम्बन्धित भएको मानिएको थिएन,' बोर्डले एउटा विज्ञप्तिमा भनेको छ।

ती महिलाको मृत्युबारे अध्ययन भइरहेको छ। शवपरीक्षणबाट मृत्युको कारण निर्क्योल हुन बाँकी छ। महिलाको उमेर तथा अन्य विवरण सार्वजनिक गरिएको छैन।

'दुर्लभ दुष्प्रभाव'
युरोपेली नियामक निकायले मुटुको सुजनलाई फाइजर र मोडेर्नाका कोभिड खोपको दुर्लभ 'साइड इफेक्ट' अर्थात् दुष्प्रभाव मानेको छ। युरोपियन मेडिसिन्स एजेन्सीका अनुसार त्यस्तो दुष्प्रभाव कम उमेरका पुरुषमा देखिएको छ।

तर एजेन्सीले खोपको फाइदा यसको कुनै पनि जोखिमभन्दा धेरै भएको र त्यसले मानिसहरूलाई कोभिड(१९ का कारण गम्भीर बिरामी हुनबाट रोक्ने बताउँछ।

सोमवार न्यूजील्यान्डका अधिकारीहरूले देशमा खोप प्रयोग कायम राख्ने कुरामा आफूहरू विश्वस्त भएको बताएका छन्।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार न्यूजील्यान्डमा अहिलेसम्म ३,४६५ जनामा सङ्क्रमण भएको छ भने २६ जनाको मृत्यु भएको छ।

सुरुमा कोरोनाभाइरस रोक्न सफल भएकोमा प्रशंसा पाएको न्यूजील्यान्डले खोप कार्यक्रममा ढिलाइ गरेकोमा आलोचना भएको थियो। हालैका दिनमा भने त्यहाँ खोप कार्यक्रमलाई तीव्र पारिएको छ।

अहिलेसम्म त्यहाँ ३० लाख जनाभन्दा बढीलाई खोप लगाइएको छ। त्यहाँको जनसङ्ख्याको २३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन्। डेल्टा भेरिअन्टका कारण अहिले न्यूजिल्यान्डमा सङ्क्रमण बढेको र त्यहाँको धेरै भागमा लकडाउन गरिएको छ।

अहिले ५० लाख जनसङ्ख्या भएको त्यहाँ ५६० जना सक्रिय सङ्क्रमित छन्। अकल्यान्डमा बाहेक अन्य सहरमा मङ्गलवारदेखि लकडाउन खुकुलो हुँदै छ।


के डेल्टा भेरिअन्ट बढी जोखिमपूर्ण हो ?
ठूलो सङ्ख्यामा सङ्क्रमितहरू गम्भीर बिरामी हुनुको कारण डेल्टा या कोरोनाभाइरसको अन्य कुनै भेरिअन्ट हो भन्ने यथेष्ट प्रमाण छैन।

तर भाइरसको पहिलो संस्करणको जोखिम भने वृद्धवृद्धा र दीर्घकालीन स्वास्थ्य समस्या भएकाहरूमा बढी रहन्छ। तर पनि यदि कुनै भेरिअन्ट बढी सङ्क्रामक छ भने त्यसले हालसम्म कोभिड-१९ विरुद्ध खोप नलगाएको जनसङ्ख्याको मृत्युदर बढाउने देखिन्छ।

खोपहरूले कोभिड-१९ सँगै देखिने गम्भीर रोगहरूविरुद्ध र चिन्ताको भेरिअन्टका कारण हुने सङ्क्रमणविरुद्ध उच्च सुरक्षा प्रदान गर्छन्। खोपले सङ्क्रमणको जोखिमलाई पनि कम गर्छ तर सङ्क्रमणलाई शतप्रतिशत रोक्ने काम भने गर्दैन।

भाइरसका विभिन्न प्रकार देखिए पनि सङ्क्रमणको जोखिमबाट बच्ने उपाय भनेको हात धुनु, दूरी कायम राख्नु, मुख छोप्नु र हावाको बहावबारे सतर्क रहनु नै हो।
- बीबीसी 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement