Advertisement
Advertisement
Advertisement
Advertisement

घरधन्दा गर्नु कि छोराछोरीलाई स्कूल जान खोला तारिदिनु !

  |      12:40:00   |  
घरधन्दा गर्नु कि छोराछोरीलाई स्कूल जान खोला तारिदिनु !

भाद्र १९, काठमाडौं । निर्मला रावल दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित लटिनाथ आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्छिन्। घरबाट विद्यालय पुग्न उनलाई दुई घण्टा लाग्छ। विद्यालय पुग्नुअघि आधा बाटोमै पर्छ, पैराडी खोला। बर्खामा विद्यालय पुग्न गाउँका थुप्रै बालबालिकालाई त्यही खोला तर्न सकस हुन्छ।

 

खोला तर्नै समस्या
साना बालबालिका बर्खामा खोला तर्न नसकेर विद्यालयसम्म जान सक्दैनन्। ११ वर्षीया निर्मलालाई चाहिँ प्रत्येक दिन विद्यालय जाँदा र फर्किँदा उनका बुवा वा आमा त्यो खोला तारिदिन आउँछन्।

 

खोला तर्ने कहरकै कारण उनको विद्यालय नछुटोस् भनेर उनका बुवा आमाले समेत आधा बाटो आउजाउ गर्नुपर्छ बर्खामा। तर त्यो भेगका सबै अभिभावकले आफ्नो घरधन्दा छोडेर निर्मलाका बुवाआमाले जस्तै छोराछोरीलाई विद्यालयसम्म पुर्‍याउने समय दिन सक्दैनन्।

 

कतिका बुवा त रोजगारीका लागि भारत गएका छन्, आमाले अरू साना सन्तान घरमा छोडेर विद्यालय जानका लागि खोला तारिदिन भ्याउँदैनन्। निर्मला, लक्ष्मी साउद, निरज साउदलाई बुवाआमाले प्रत्येक दिन पैराडी खोला तारिदिन आउँछन् र उनीहरूको बर्खामा विद्यालय छुट्दैन।

 

हामीलाई त बुवाआमाले छोडिदिनुहुन्छ र विद्यालय जान पाउँछौं निर्मला रावलले भनिन्, हाम्रा गाउँका हामीभन्दा साना भाइबहिनीलाई त खोला तारिदिन उनीहरूको आमाबाले सक्नुहुन्न। त्यसैले खोलामा धेरै पानी आएको बेला उनीहरूको पढाइ सधैँ छुट्छ।

 

पुल नै छैन
निर्मलाका अर्को गाउँका साथी वीरेन्द्र साउद र फुलमा साउदका बुवा आमाले घरको कामधन्दा नभ्याएर खोला तारिदिन आउन भ्याउँदैनन्। त्यही कारणले विद्यालय जान उनीहरूले खोलाको पानी कहिले घट्छ भनेरै कुर्नुपर्छ।

 

यो विद्यालय पढ्ने विद्यार्थीको मात्रै होइन यो भेगका अन्य थुप्रै विद्यार्थीको पनि विद्यालय जानका लागि खोलामा पुल नहुनु नै समस्या भएको छ। कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोऊन् भनेर सरकारले प्रत्येक वर्ष विद्यार्थी भर्ना अभियान चलाउँछ। तर त्यसरी भर्ना भएका विद्यार्थीहरू सरकारले बनाइदिनुपर्ने पुल जस्ता भौतिक पूर्वाधार नबन्दा विद्यार्थीहरूको पढाइले निरन्तरता पाउन सकेको छैन।

 

दार्चुला जिल्लाको विभिन्न क्षेत्रका विद्यार्थीहरूले शिक्षा आर्जनका लागि २/३ घण्टाको उकालो ओरालो बाटो हिँड्नुपर्छ भने ठूला(ठूला खोलाहरू तर्नुपर्ने बाध्यता छ। त्रिदेशीय सामरिक महत्त्व बोकेको दार्चुला जिल्ला भौगोलिक हिसाबले निकै विकट छ।

 

सडक सञ्जालले सदरमुकामलाई छोएको भए पनि ग्रामीण भेगमा पुग्नलाई सदरमुकामबाट घण्टौँको यात्रा लगायत हप्तौँ दिन लाग्ने गर्दछ। शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का न्याउटे र चुवाड बस्तीका विद्यार्थीहरू विद्यालयसम्म आइपुग्नका लागि खोला तर्नुपर्ने बाध्यता रहेको छ । बर्खाको समयमा खोलामा पानीको सतह बढेसँगै बाटोघाटो पनि चिप्लो हुन्छ।

 

प्रयास जारी
उक्त क्षेत्रमा पुल भएको भए सहज हुने एकजना अभिभावक ईश्वरी रावलले बताइन्। पुल भइदिएको भए हाम्रा छोराछोरी वर्षभरि नै विद्यालय जान सक्थेँ। पुल नभएपछि भ्याएको बेला पुल तारिदिन आउँछौँ नभ्याएको बेला विद्यालय छुट्छ।

 

दार्चुलामा ३ सय ४३ सरकारी विद्यालय रहेको शिक्षा विकास तथा समन्वय इकाई समिति दार्चुलाले जनाएको छ। चुवाङ र न्याउटेका बस्तीका विद्यार्थीहरू विद्यालय नै नआउने लगायत पठनपाठनमा समस्या हुने गरेको श्री लटिनाथ आधारभूत विद्यालय बरमुडेका प्रधानाध्यापक दिङ्करप्रसाद शाह बताउँछन्। यो विद्यालय आउने २० देखि २५ जना साना बालबालिकाले बर्खाको समयमा विद्यलाय छुटाउने गरेका छन् शाहले भने।

 

पुलको आवश्यकता सम्बोधन गर्न नसक्दा यो समस्या देखिएको छ। हामीले गत वर्ष पाँचवटा र यो वर्ष तीनवटा पुल बनाउनका लागि पहल गरेका छौँ तर बन्न सकेको छैन, शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मदन सिंह रावलले भने। शिक्षाबाट बालबालिकालाई वञ्चित गर्न नहुने भन्दै सरकारी तथा गैरसरकारी संस्थाले विभिन्न कार्यक्रम गरिरहँदा ग्रामीण क्षेत्रमा पुल जस्ता आधारभूत संरचना समेत नबन्दा बालबालिकाहरूले निरन्तर शिक्षा पाउन सकेका छैनन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement