भदौ ११ , काठमाडौं । कर्णाली प्रदेश सरकारमा बिहीबार तीन जना महिला सांसद मन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
नेकपा ९एमाले० र नेपाली कम्युनिस्ट पार्टीबीचको सत्ता सहकार्यमा बनेको सरकारमा मिलन खड्का, कल्याणी खड्का र जुम्कित लामा मन्त्री नियुक्त भएका हुन्।
मिलन खड्काले भौतिक पूर्वाधार तथा सहरी विकास, कल्याणी खड्काले उद्योग, पर्यटन, वन तथा वातावरण र जुम्कित लामाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्।
तीनै जना समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य बनेका हुन्। उनीहरूको नियुक्तिसँगै लामो समयदेखि मन्त्रीविहीन रहेका मन्त्रालयले समेत नेतृत्व पाएका छन्।
तीन महिला मन्त्री थपिएसँगै कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व उल्लेख्य रूपमा बढेको छ।