काठमाडौं। महिनावारी सुरु हुनुभन्दा ३ देखि ७ दिनअघि महिलाहरूले आफ्नो वक्षस्थलको माथिल्लो र बाहिरी भागमा पीडा महसुस गर्छन् । सामान्यतया रजस्वला सुरु भएपछि यस्तो पीडा हराउँछ । कसैलाई मन्द, कसैलाई भारीपनका रूपमा त कसैलाई सहनै नसक्ने गरी दुख्छ । हार्मोन्सको उतार–चढावको असर नै यो पीडाको कारण मानिएको छ ।
के गर्ने ?
बढी पीडाबाहेक साधारणतया सजिलो तर कसिलो भित्री पहिरन र पीडा कम गर्ने साधारण औषधि प्रयोग गरे राहत मिल्छ । अन्य अवस्थामा चिकित्सकको परामर्शमा भिटामिन ई, भिटामिन बी ६ तथा प्रिमोर्स आयलको सेवन करिब ३ देखि ६ महिनासम्म गर्न सकिन्छ ।
खानामा के बार्ने ?
बढी चिल्लो अर्थात् बोसोयुक्त खानेकुरा, नुनको प्रयोग, चिया, कफी, कोकजस्ता क्याफिनजन्य पेय नखाने । रेड वाइन तथा चकलेट पनि नखानु नै वेश हुन्छ ।
याद राख्नुहोस्
गर्भनिरोधक चक्कीरपिल्स वा हार्मोन रिप्लेसमेन्ट थेरापीका लागि औषधि खानेहरूको पीडाको मात्रा बढ्दो छ भने चिकित्सकसँग सल्लाह गर्नु उपयुक्त हुन्छ ।
महिनावारीसँग असम्बन्धित स्तनको पीडा
यस प्रकारको पीडा साधारणतया ४० वर्ष नाघेका महिलामा बढी देखा पर्छ । एक वा दुवै स्तनमा महसुस हुने यो पीडा महिनावारी सुरु भैसकेपछि पनि हराउँदैन । पीडा केही दिन हराउने र फेरि देखा पर्ने हुन्छ वा महिनाभरि नै लगातार दुखिरहन्छ । यस किसिमको पीडाको स्रोत स्तन तन्तु वा त्यस वरपरका अङ्गजस्तै छातीका मांसपेशी वा जोर्नी हुन सक्छन् ।
के गर्ने ?
धेरैजसो महिलामा यस्तो पीडा केही समयपछि हराएर जान्छ तर धेरै महिनासम्म कायम रहे वा घर, कार्यालयको कामकाजमै बाधा पर्न थाले वा बढी पीडा भए चिकित्सकको सल्लाहमा औषधि खान सकिन्छ ।
याद राख्नुहोस्
स्तनपान गराइरहेकी महिलाको हकमा स्तन दुख्ने, रातो हुने, सुन्निने र गाँठो पर्ने लक्षण देखिए स्तनमा पीप जम्मा भएको हुन सक्छ । चिकित्सकको सल्लाहअनुसार पीडा कम गर्ने औषधि खाँदा, तातोले सेक्दा तथा एन्टिवायोटिक्सले मद्दत गर्छ । अवस्था हेरी सानो शल्यक्रिया गरी स्तनको तन्तु बीचमा जमेको पीप निकाल्नुपर्ने हुनसक्छ ।
वैशाख २८ काठमाडौं । घरायसीदेखि अन्य काम समेतको चटारोले गर्दा महिलाहरू आफ्नो स्वास्थ्यको...
चैत १० काठमाडौं । रसुवामा १७ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका...
माघ १४, काठमाडौं । पाल्पाका दश हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप...
माघ १०, काठमाडौं । उदयपुरको कटारी नगरपालिकाले विपन्न एकल महिलालाई निःशुल्क स्वास्थ्य बिमा...
माघ ९, काठमाडौं । महिलालाई बढीजसो लाग्ने रोगमध्ये पाठेघरको मुखको क्यान्सर रहेको तथ्यांक...
पुस २८, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट...
पुस २६, काठमाडौं। पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई...
पुस २६, काठमाडौं । चिसोबाट बच्न बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ स्थित झप्टीमा सुत्ने...
पुस २,काठमाडौं । गत कात्तिक ५ मा केदारस्युँ गाउँपालिका–४ सैन्सुकी घाँस काट्ने क्रममा हरिना...