Advertisement
Advertisement
Advertisement
Advertisement

काठमाण्डौमा शुक्रबार र शनिबार स्टार्टअप एन्ड आइडिया फेस्ट, यस्ता छन् मुख्य आकर्षण

  |      11:38:00   |  
web image
web image

असोज १८, काठमाडौं ।काठमाण्डौको बानेश्वर बैंक्वटमा शुक्रबार र शनिबार स्टार्टअप एन्ड आइडिया फेस्ट तथा स्टिम क्याम्प हुने भएको छ।

लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुनेछ। आईसीटी अवार्ड २०२३ को प्रि–इभेन्ट क्याम्पियनका रुपमा हुने स्टार्टअप एन्ड आइडिया फेस्ट तथा स्टिम क्याम्पमा द स्क्वाइड अफ चेन्जमेकरको सहकार्य रहेको छ। 

फेस्टमा सातै प्रदेशका ३० बढी स्टार्टअपका साथै आईसीटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरु प्रदर्शनी गर्नेछन्।

कार्यक्रममा स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रीडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राख्नेछ।

नेपालमै केही नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरुलाई प्रवर्द्धन गर्न २ दिने स्टार्टअप एन्ड आइडिया फेस्ट आयोजना गरिएको लिभिङ विथ आईसीटीको अध्यक्ष राजन लम्सालले बताए।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा नयाँ नयाँ आइडिया, इन्नोभेसन तथा प्रडक्टको प्रदर्शनी, आइडिया पिचिङ, एष्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर, गेम र आकर्षक पुरस्कारको समेत व्यवस्था रहेको छ।

फेस्ट तथा स्टिम क्याम्पमा सहभागी हुने अवलोकनकर्ताले कुनै शुल्क तिर्नु पर्ने छैन्। यसअघि मंगलबार र बुधबार किंग्स कलेजमा काठमाण्डौ बाहिरबाट सहभागी हुन आएका स्टार्टअपहरुलाई मेन्टरिङ तथा इन्क्युवेसन सेसनहरु सञ्चालन भइसकेको छ।

कार्यक्रममार्फत स्टार्टअप र आइडियामा लगानी गर्न चाहनेहरुलाई पनि आयोजकले सहकार्य र इकोसिस्टम विकासका लागि आह्वान गरेको छ।

अवलोकनकर्ताले आफूलाई मन परेका स्टार्टअप र प्रडक्टलाई भोट पनि गर्न सक्नेछन्। नेपालको प्रतिष्ठित प्रविधि अवार्डका रुपमा परिचित आईसीटी अवार्डको आठौँ संस्करणमा यसपटक विभिन्न १३ विधामा ५०० बढीको नोमिनेसन प्राप्त भएको थियो।

हाल आईसीटी अवार्ड २०२३ को नोमिनेसन र छनौट प्रक्रिया सञ्चालनमा रहेको छ। यस पटक आईसिटी अवार्डको ग्रान्ड फिनालेमा सातै प्रदेशका उत्कृष्ट एक–एक स्टार्टअपलाई प्रोभिसियल रिकग्निसन अवार्डसमेत प्रदान गरिने छ।

आईसीटी अवार्डको ग्रान्ड फिनाले आगामी पुस ६ गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ।

स्टार्टअप एन्ड आइडिया फेस्ट र स्टिम क्याम्पसँगै अवार्डका लागि दर्जनौँ प्रि–इभेन्ट सञ्चालन हुनेछन्। कान्तिपुर टेलिभिजनले २ महिनासम्म स्टार्टअप र आइडिया पिचिङको विशेष कार्यक्रमका रुपमा टेलिभिजन सिरिजहरु पनि प्रशारण गर्नेछ।  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement