Advertisement
Advertisement
Advertisement
Advertisement

स्वास्थ्य मन्त्रालयले १० देखि १४ वर्षका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन हुँदै

  |      12:11:00   |  
web image
web image

भदौ ८,काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। 

मन्त्रालयको परिवार कल्याण महाशाखाले यसै आर्थिक वर्षमा खोप अभियानका लागि भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ लाई औपचारिक रूपमा प्रस्ताव पेश गरी पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एचपिभी’ माग गरेको हो। परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ माग गर्दै गाभीलाई प्रस्ताव पेश गरिएको जानकारी गराए। 

“गाभीलाई हाम्रो यस कार्यक्रम मन पर्‍यो र नेपाललाई सहयोग गर्छु भनेपछि हामीले औपचारिक रूपमा खोप माग गर्दै प्रस्ताव पठाएका छौँ”, उनले भने, “हाम्रो प्रस्तावलाई गाभीले स्वीकृत गरेर खोप पठायो भने हामी यही आर्थिक वर्षको अन्त्यसम्म खोप अभियान सञ्चालन गर्ने योजना रहेको छ।”

उनले खोप अभियानका लागि भने आफूहरूले पूर्व तयारी गर्ने जानकारी दिए। महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले साउनको अन्तिम साता गाभीसँग १७ लाख मात्रा ‘एचपिभी’ खोपको प्रस्ताव गर्दै पत्र पठाइएको जानकारी दिए। दश देखि १४ वर्ष उमेर समूहका बालबालिकाको सङ्ख्या १६ लाख ५० हजार रहेको छ। “हामीले गाभीसँग खोपका लागि औपचारिक रूपमा पत्र पठाएका छौँ”, उनले भने, “गाभीले हाम्रो पत्रलाई सकारात्मकरूपमा लिएको छ।”

यसअघि शाखाले दादुरा–रुवेला रोग विरुद्धको खोप अभियानका लागि पनि गाभीसँग ५७ लाख मात्रा खोप माग गर्दै पत्र पठाएको थियो। शाखाका प्रमुख डा गौतमले क्रमशः पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपलाई प्रत्येक वर्ष अभियानका रूपमा सञ्चालन गरिने बताए। उनका अनुसार हरेक वर्ष साढे तीन लाख १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ। “यसवर्ष हामीले गाभीबाट सहयोग प्राप्त गरे पनि प्रत्येक वर्ष नै लगाउने हाम्रो योजना छ”, उनले भने, “खोपले महिलालाई पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउन सहयोग गर्दछ।”

नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने गर्दछ। विश्वमा भने महिलालाई सबभन्दा बढी स्तन क्यान्सर हुने गरेको छ। सन् २०२२ को तथ्याङकमध्ये दुई हजार दुई सय ४४ महिलालाई पाठेघरको मुखमा क्यान्सरमा लागेको थियो। शाखाका प्रमुख डा गौतमले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एक मात्रा लगाउन मिल्ने खालको माग गरिएको पत्र पठाइएको बताए। 

यसअघि सरकारले सन् २०१६÷१७ मा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नमूनाकारूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो। सो अवसरमा कास्कीमा १० हजार नौ सय ३६ र चितवनमा १४ हजार ३५ किशोरीलाई एचपिभी खोप प्रदान गरिएको थियो। अहिले केही निजी अस्पतालले किशोरीलाई उक्त खोप ? पाँचदेखि छ हजार तिरेर लगाइने दिने गर्दछन्। 

सरकारले गत असारमा पाठेघरको मुखको क्यान्सरविरुद्ध ल्याएको २० हजार मात्रा एचपिभी खोप नीतिगत निर्णय नभएकाले अहिलेसम्म लगाएको छैन।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही ‘ह्युमन प्यापिलोमा भाइरस’ को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गरेको बताउँछन्। उनका अनुसार उक्त भाइरसको कारणले ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धुम्रपान र सानै उमेरमा विवाह गर्ने जस्ता कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ। 

दुई सय प्रजातिका ‘ह्युमन प्यापिलोमा भाइरस’ मध्ये १६ र १८ प्रजातिको भाइरसले बढी सङ्क्रामक हुने गरेको र उक्त प्रजातिका भाइरसले महिलाको पाठेघरको मुखमा क्यान्सर गराउने उनको भनाइ छ। क्यान्सर रोग विशेषज्ञ डा शाहीले नेपालमा सबैभन्दा बढी महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको उल्लेख गर्दै विश्व स्वास्थ्य सङ्गठनको (डब्लुएचओ) को तथ्यांकअनुसार हरेक दिन नेपालमा छ महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने गरेको बताउँछन्। 

“नेपालमा हरेक दिन  छ जनाको यसै क्यान्सरको कारणले मृत्यु हुने गरेको छ। अझ यस क्यान्सरबाट दुर्गम क्षेत्रका महिला बढी नै रहेका छन्”, उनले भने्, “यो क्यान्सरबाट बचाउनका लागि खोप नै आवश्यक पर्दछ।” उनी असुरक्षित यौन सम्पर्क, सानै उमेरमा विवाह गर्ने, धेरै चुरोट खाने महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने जोखिम हुने गरेको बताउँछन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement