भदौ २५, काठमाडौं । इटहरी उपमहानगरपालिकाले निशुल्क रुपमा शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको छ । इटहरी नगरक्षेत्र भित्रका जनताका लागि निस्शुल्क शव वाहन र एम्बुलेन्स सेवा बिरामीको चाप बढ्दै गएका कारण एम्बुलेन्स सुरु गरेको हो ।
नगर प्रमुख हेमकर्ण पौडेलले सोमबारदेखि नै लागु हुने गरि निस्शुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जनाए । इटहरी उप महानगरपालिकाले आफ्नो जनताको लागि घरदेखि घाटसम्म शव वाहन र घरदेखि इटहरी अस्पतालसम्म एम्बुलेन्स सञ्चालनमा ल्याएको उनले जानककारी दिए ।नगर अस्पतालमा बिशेषज्ञ डाक्टरले सेवा दिनथालेपछि विरामीको चाप बढेको उनको भनाइ छ ।