Advertisement
Advertisement
Advertisement
Advertisement

लक्ष्मी सनराइज बैंकले ल्यायो ‘दसैं आयो’ योजना: मोबाइल मनि, डेबिटरक्रेडिट कार्ड प्रयोग गर्दा विशेष अफर !

  |      16:34:00   |  
web image
web image

असोज २४, काठमाडौं ।लक्ष्मी  सनराइज बैंकले दसैंलाई लक्षित गरी विभिन्न अफरहरु सहित  ‘दसैं आयो’ योजना ल्याएको छ । दसैंको उपलक्ष्यमा अझ उत्साह र रमाईलो थप्न यो योजना ल्याइएको कम्पनीले बताएको छ।

असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सनराइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सकिनेछ।

परम्परागत रूपमा दसैंमा गरिने गतिविधिहरुलाई थप उत्साह प्रदान गर्न जस्तै मिठो खान-पिन, भ्रमण, शपिङ्ग तथा रमाइलोलाई ध्यानमा राखी सो योजना ल्याइएको हो।

पहिलो अफर ‘घुम्न जाउँला’ मा लक्ष्मी सनराइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशस्  २५० र ५०० रुपैयाँको क्यासब्याक पाउन सकिनेछ। यो अफर असोज १८ गतेदेखि कात्तिक ९ गतेसम्म लागू हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनिमार्फत टिकट काट्नुका साथै सो अवधिभित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ। 

अर्को अफर ‘शपिङ्ग गरौँला’ मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा १ हजार रुपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ। सो योजना असोज २७ गते देखि कात्तिक ३ गतेसम्म लागू रहनेछ।

यसै गरी ‘खाउँला पिउँला’ योजनामा असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म फूडमान्डु एपबाट अर्डर गरी लक्ष्मी सनराइज बैंकको डेबिटर क्रेडिट कार्ड वा मोबाइल मनिबाट अन्लाइन भुक्तानी गर्दा प्रतिदिन प्रतिव्यक्ति २० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ।

यसै अफर अन्तर्गत केएफसी तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्डको ‘ट्याप एण्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रतिदिन प्रतिव्यक्ति २० प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने छ।

त्यसै गरी, ‘रमाईलो गरौँला’अफर अन्तर्गत क्यूएफएक्स सिनेमा हलहरुमा टिकट खरिद गर्दा लक्ष्मी सनराइज बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल मनि मार्फत भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ। यो योजना कात्तिक महिनाभरी लागू हुनेछ।

र, क्यासब्याक अफरहरु बाहेक असोज २५ गतेदेखि कात्तिक २५ गतेसम्म विदेशबाट रेमिट्यान्स पठाउँदा ५०१ रुपैयाँ दक्षिणा प्राप्त गर्न सकिनेछ। यो योजना ‘मेरो भूमि’ रेमिट्यान्स खातावाला ग्राहकहरुका लागि ५० हजार रुपैयाँभन्दा बढि रेमिट्यान्स पठाउँदा मात्र मान्य हुनेछ।

सबै योजनाहरुमा क्यासब्याक अफर सकिएपछि प्रदान गरिने कम्पनीले बताएको छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement