पुस १८, काठमाडौं। ईसीजी
ईसीजी परीक्षणले मुटुमा हुने विभिन्न गतिविधि र अवस्थालाई विद्युतीय उपकरणको माध्यमबाट ग्राफमा व्यक्त गर्छ । यसरी ग्राफमा व्यक्त भएको जानकारीबाट मुटुमा देखिएको समस्याको संकेत प्राप्त हुन्छ ।
कार्डियाक ईन्जाइम
हदयघात हुँदा मुटुका भागहरु सुन्निएर क्षति पुगेको वा मुटुका मांसपेशीमा असर पुगेको छ कि छैन भनेर थाहा पाउन कार्डियाक ईन्जाइमको परीक्षण गरिन्छ ।
कोरोनरी एन्जियोग्राम
हृदयघातको शंका लाग्यो तर ईसीजी र इको कार्डियोग्रामबाट मुटुको अवस्थितिको स्पष्ट नतिजा आएन भने कोरोनरी एन्जियोग्राम गरिन्छ । यसले मुटुको धमनीमा के कस्तो अवरोध आएको छ भन्ने जानकारी दिन्छ ।
अन्य रगत परीक्षण
रगत परीक्षणले पनि मुटु सम्बन्धी जानकारी दिन्छ । रगत परीक्षणबाट कोलेस्ट्रोल लेभल, सोडियम, पोटासियम लिपिड प्रोफाइल र बल्ड शुगर हेरिन्छ । किनकी यसमा तलमाथि भए पनि मुटु सम्बन्धी समस्या हुन सक्छ ।
एम्बुलेटरी बल्ड प्रेसर म्यानेजमेन्ट ९एबीपीएम
कतिपय अवस्थामा रक्तचाप नाप्दा कहिले बढी र कहिले कम देखाउन सक्छ । यस्तो अवस्थामा व्यक्तिलाइे दोधारमा पार्न सक्छ । यसको पहिचान गर्न प्रेसर नाप्ने उपकरण पाखुरामा बाँधेर बिरामीलाई घरमा पठाइन्छ ।
एमआरआईरसीटी स्क्यान
एन्जियोग्राफीले मुटुको धमनी र भल्बमा भएको समस्या राम्रोसँग देख्न सकेन भने एमआरआई गरिन्छ । अन्य परीक्षणले मुटुको समस्या पत्ता नलागेको केसमा मात्र एमआरआई गरिने भएकाले यो परीक्षण सबैलाई आवश्यक पर्दैन ।