कात्तिक २२, काठमाडौं। महिलाले कुनैपनि काम पुरुष सरह गर्न सक्दैनन् भन्ने सदियौदेखिको मानसिकतालाई भारतकी मिर्जा सलमाले तोड्दै भारतको पहिलो महिला गेटम्यान बन्न सफल भएकी छिन् ।
भारतमा आफ्नो पहिचान बनाउन सफल मिर्जा लखनउस्थित स्टेसनमा गेटम्यानको काम गर्छिन् । उनले सन २०१३ देखि गेटम्यानको काम सुरु गरेकी थिइन् । बिगत १० वर्षदेखि निरन्तर उक्त काममा आफ्नो संघर्ष जारी राखिन् । जुनबेला उनले जागीर सुरु गर्न थालीन मानिसहरुले महिलाले एक दिन पनि काम गर्न सक्दैनन् भन्दै आलोचना गर्दथ्ये । उनलाई आफ्नै आफ्न्तहरुले समेत होच्याएर कुरा गर्ने गरेको उनी स्मरण गर्दछिन् । मिर्जाको कामप्रति हौसला दिनुको सट्टा उनलाई हतोत्साहित बनाउनेको संख्या धेरै थियो । तर, गेटम्यान मिर्जाले अरुको कुरा नसुनि आफ्नो कामप्रितको लगाव टुट्न दिइनन् । यसैको प्रतिफल स्वरुप उनी अन्तत देशकै पहिलो महिला गेटम्यानको परिचय बनाउँन सफल भइन् । यो देखेर हिजोको दिनमा उनको कामप्रति आलोचना गर्ने मानिसहरु उनलाई सफलताको कामना गर्दै गर्व गर्न थाले ।
भारतको मलहौरमा जन्मिएकी मिर्जाको पारिवारिक पृष्ठभूमि पनि उदाहरणिय छ । मिर्जाका आमाबुबाले उनलाई पितृसतात्मक समाजमा पनि छोरीहरुलाई छोरा सरह संस्कार दिएका कारण उनलाई आफ्नो पहिचान बनाउन सहज भयो । परिवारमा आमाबुबाका दुइ सन्तानको रुपमा मिर्जा र उनकी एक बहिनी थिइन् । छोराको अभाव भएपनि मिर्जाका बुबाआमालाई कहिल्यै छोरीहरुप्रति गुनासो भएन ।
कामको दौडानमा मिर्जाले क्यान्सर पीडित आमाको स्याहार गर्दै आफ्नो जागिरलाई समेत गर्नुपर्यो । सन २०१७ मा ब्रेस्ट क्यान्सरबाट थला परेकी मिर्जाकी आमाको प्यारालाइसिस भएर मृत्यु भयो । शोकको घडिमा समेत आफूलाई सम्हालेर कामप्रति लगाव राख्ने मिर्जाले आफ्नो कर्म घर र जन्मघर दुवैको जिम्मेवारी उनको काधमा आइलाग्यो । तथापि उनले सम्पूर्ण जिम्मेवारी सहजताका साथ निर्वाह गर्दै कामप्रतिको कर्तव्य लगनसिलताका साथ पूरा गरिन् । परिणामस्वरुप उनी देशकै पहिलो महिला गेटम्यानको पहिचान कोर्न समेत सफल भइन् ।
गेटम्यान मिर्जा सलमा निडर र सहासि भएकै कारण उनी भारतकै पहिलो महिला गेटम्यान हुन सफल एक प्रतिष्ठित उदाहरणिय महिलाको रुपमा आज संसारभर परिचत छिन् ।