Advertisement
Advertisement
Advertisement
Advertisement

प्रेमीसँग मिलेर श्रीमतीले श्रीमानको हत्या गर्ने भारतीय महिला बारामा पक्राउ

  |      17:18:00   |  
web imege
web imege

असोज १५,काठमाडौं । बाराको पचरौता नगरपालिका वडा नम्बर ६ लक्ष्मीनियामा असोज ९ गते मृत भेटिएका भारतीय नागरिकको हत्या उनकै श्रीमतीको योजनामा भएको खुलेको छ।

आफ्ना प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा बारा प्रहरीले मृतककी श्रीमतीलाई पक्राउ गरेपछि यो खुलासा भएको हो।

बाराको पचरौता नगरपालिका ६ लक्ष्मीनियामा अजितकुमार सिंहको हत्या गरेको आरोपमा प्रहरीले उनकी श्रीमती भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना-१ सुक्लहिया बस्ने वर्ष २३ को सोनम सहनी सिंहलाई पक्राउ गरेको हो। बाराको सिम्रौनगढबाट भारत भाग्दै गरेको अवस्थामा उनलाई सीमा क्षेत्रबाट पक्राउ गरिएको बारा प्रहरीले जनाएको छआफ्ना प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा बारा प्रहरीले मृतककी श्रीमतीलाई पक्राउ गरेपछि यो खुलासा भएको हो।

बाराको पचरौता नगरपालिका ६ लक्ष्मीनियामा अजितकुमार सिंहको हत्या गरेको आरोपमा प्रहरीले उनकी श्रीमती भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना-१ सुक्लहिया बस्ने वर्ष २३ को सोनम सहनी सिंहलाई पक्राउ गरेको हो। बाराको सिम्रौनगढबाट भारत भाग्दै गरेको अवस्थामा उनलाई सीमा क्षेत्रबाट पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।

सोनमले आफ्नो प्रेमीसँग मिलेर अजितको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको बाराका प्रहरी उपरीक्षक सुरेश काफलेले बताए। सोनम र उनका प्रेमीले मिलेर असोज ९ गते अजितको लक्षिमनियीस्थित नेपाल-भारतको सीमानाका नजिकै गोली हानी हत्या गरेका थिएआफ्ना प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा बारा प्रहरीले मृतककी श्रीमतीलाई पक्राउ गरेपछि यो खुलासा भएको हो।

बाराको पचरौता नगरपालिका ६ लक्ष्मीनियामा अजितकुमार सिंहको हत्या गरेको आरोपमा प्रहरीले उनकी श्रीमती भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना-१ सुक्लहिया बस्ने वर्ष २३ को सोनम सहनी सिंहलाई पक्राउ गरेको हो। बाराको सिम्रौनगढबाट भारत भाग्दै गरेको अवस्थामा उनलाई सीमा क्षेत्रबाट पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।

हत्यामा संलग्न रहेका सोनमका प्रेमी भारतको मोतिहारी जिल्ला दर्पा थाना-१ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह, त्यही ठाउँ निवासी २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहनी, २० वर्षीय कामेश्वर सहनी र २० वर्षीय रञ्जित मुखिया फरार रहेको प्रहरी उपरीक्षक काफलेले जानकारी दिए। भारतीय प्रहरीसँगको समन्वयमा फरार रहेकाहरूको खोजी कार्य भइरहेको उनले बताए।

प्रहरी उपरीक्षक काफलेका अनुसार सोनमले प्रेमी सुजितसँग योजना बनाएर अजितको हत्या गरेकी थिइन्। भारतीयलाई नेपालमा ल्याएर हत्या गरे पक्राउ नपर्ने भन्ने मनसायले उनीहरूले अन्य आरोपितहरूसँग मिलेर बारा जिल्लाको सीमानाका नजिकै ल्याएर अजितको गोली हानी हत्या गरेका थिए। सोनमले सुजितसँग आफ्नो अवैध सम्बन्ध रहेको प्रहरीलाई बयान दिने क्रममा स्वीकारसमेत गरेको काफलेले बताए।

असोज ९ गते सुजितले अजितलाई आफ्नो मोटरसाइकलमा पछाडि बसाएर भारतसँग जोडिएको नेपाली सीमाना लक्ष्मीनियासम्म ल्याएका थिए। त्यहाँ अजितमाथि सुजितले गोली प्रहार गरेका थिए। अर्को मोटरसाइकलमा आएका ३ जना युवकले घटनास्थल रेकी गरेका थिए। अजितको हत्यापश्चात् सुजितले सोनमलाई फोन गरेर काम भएको भन्दै भाग्न आग्रह गरेका थिए। उनी बाराको सिम्रौनगढमा बस्दै आएकी थिइन्।

घटनाको कारण प्रेम सम्बन्धमात्र नभई पैसाको लेनदेन पनि रहेको प्रहरी उपरीक्षक काफलेले बताए। सुजित र अजित एउटै आपराधिक समूहका सदस्य हुन्। उनीहरूले करिब तीन वर्ष अगाडि भारतको घोडासहनको एक ठाउँमा सुन लुटपाट गरेका थिए। सुन बिक्री गरेर आएको आठ लाख रुपैयाँ नगदको विषयलाई लिएर उनीहरूबीच लामो समयदेखि विवाद चल्दै आएको थियो।

सुन बेचेर उनीहरूले भारतको छौडादानोमा जग्गा प्लटिङमा लगानी गरेका थिए। छौंडादानोको जग्गाको हिस्साबारे विवाद हुँदा सुजितले मृतक पत्नी अर्थात् आफ्नो प्रेमिका सोनमसँग मिलेर हत्या गर्ने योजना बनाएका थिए। पैसाको विषयमा विवाद भएर समूहमा अजित अगाडि बढ्न खोजेपछि उनको हत्या गरिएको अनुसन्धानबाट खुलेको काफ्लेले बताए। त्यही समूह एक वर्षअघि पनि भारतको मोतिहारी जिल्ला दार्पा थाना ग्राम पञ्चायत-१४ का उपप्रमुखको हत्यामा समेत संलग्न रहेको खुलेको छ।

त्यस्तै सुजितको समूहले एक वर्ष अगाडि बारामा पनि एक जनाको हत्या गरेको खुलेको छ। २०७९ पुस ८ मा भारतीय नागरिक ४४ वर्षीय शिवपुजन यादवलाई पनि यही समूहले गढीमाई नगरपालिका-२ स्थित भुतही पुलमा हत्या गरेको थियो। शिवपुजनसँगै मोटरसाइकलमा आएका सुजितले गोली प्रहार गरी उनको हत्या गरेर फरार भएका थिए। उक्त घटना प्रकरणमा प्रहरीले भारत घोडासहनका प्रमोद रामलाई यसअघि नै पक्राउ गरिसकेको छ।अन्नपूर्णपोष्ट


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement