Advertisement
Advertisement
Advertisement
Advertisement

परिवर्तन ल्याउन नयाँ सुरुवात गर्नुपर्छ भनेर जनमत पार्टी रोजें : सञ्चारकर्मी सरिता ज्ञवाली

  |      15:16:00   |  
web imege
web imege

भदौं १, काठमाडौं ।सञ्चारकर्मी सरिता ज्ञवालीको नेपालमा ठीकठाक जिन्दगी चलिरहेको थियो । तर पनि देशमा भविष्य सुरक्षित लागेन उनलाई र पुगिन् विश्वकै महाशक्ति मुलुक अमेरिका । उनले त्यहींकै पासपोर्ट पनि लिइन् तर पनि उनको मन त्यहाँ अडिएन । त्यसपछि त्यहाँको पासपोर्ट त्यागेर नेपालमा आएर पुन: सञ्चार क्षेत्रलाई नै निरन्तरता दिइन् ।

ज्ञवाली अब राजनीतिमा सक्रिय हुँदैछिन् । त्यसका लागि उनले डा. सीके राउत नेतृत्वको जनमत पार्टी रोजेकी छन् । हालै मात्र जनमत पार्टी प्रवेश गरेकी ज्ञवालीलाई राजनीतिमा लाग्ने सोच कसरी आयो ? आफूले गरिरहेको सञ्चारकर्मलाई अब के गर्छिन् : यसै सन्दर्भमा ज्ञवालीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीको सम्पादित अंश : क्कासि राजनीतिमा प्रवेश गर्नुभयो किन ?

म पहिलादेखि नै राजनीतिमा चासो राख्ने व्यक्ति हो । तर  पछि गएर राजनीतिमै लाग्छु भन्ने चाहिं थिएन । समाजको लागि केही गर्न राजनीतिमै आउनुपर्छ भन्ने त होइन । सञ्चारको क्षेत्रमै रहेर पनि मैले राजनीतिक र सामाजिक विषयलाई उठान गर्दै आएको हो । पछिल्लो समय जिन्दगीको बारेमा सोच्दा कि त जोगी कि राजनीतिमा लाग्छु भन्ने पनि थियो ।

विस्तारै मैले राजनीतिको एक स्थानमा पुगेपछि नीति नियम बनाउन सकिने, जनमानसलाई एकैपटक प्रभाव पार्न सकिने महसुस गरें । त्यसैकारण राजनीतिमा प्रवेश गरेकी हुँ ।

तपाईंले त्यसका लागि जनमत पार्टी नै किन रोज्नुभयो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि धेरैजसो त्यहाँका सदस्य मेरो सर्कलकै साथी छन् । जसकारण म कुनै पार्टीमा आबद्ध नहुँदा पनि मलाई सो पार्टीकै हो कि भनेर समेत मानिसहरुले आशंका गर्थे । तर मैले केही चीज गर्नलाई सहज वातवारण भन्दा अलि फरक वातावरण नै खोजिरहेको थिएँ । त्यसमा पनि मैले गर्न सक्ने मुद्दा के हो भन्नेतर्फ सोचें ।

हाम्रो देशमा ५० प्रतिशतभन्दा बढी महिला छौं । नियम नीतिमा सरकारले राम्रोसँग ३३ प्रतिशत स्थान दिएको छ । यी पक्ष हुँदाहुँदै पनि ठूलाठूला स्थानमा प्रतिस्पर्धात्मक ढंगले अझै महिला अघि बढ्न सकेका छैनन् । त्यसमा पनि मधेसी महिला धेरै पछाडि छन् । जसकारण मलाई जनमत पार्टीमा मैले धेरै कुरा गर्न सक्छु जस्तो लाग्यो । म काठमाडौंमै जन्में, हुर्किएँ त्यसपछि विदेशमा पढे पछि नेपाल आएँ । मेरो अनुभवले अलिकति भए पनि उनीहरुमा प्रभाव पार्न सक्छु कि भन्ने छ । किनभने एउटा घरमा महिला बलियो छिन् भने घर बलियो हुन्छ । घर बलियो हुनु भनेको देश बलियो हुनु हो ।

जनमत पार्टीमा आफ्नो स्थान कुन रुपमा पाउनुहोला ?

जनमत पार्टी राष्ट्रिय पार्टी भए पनि मधेशकेन्द्रित पार्टी नै भनेर चिनिन्छ । तर म जस्ता धेरै गए भने यो ट्याग हट्न सक्छ । यो पार्टी एक मुद्दामा केन्द्रित हुँदैन । तराई पहाडलाई पनि समेट्छ भन्ने पर्छ । त्यसैले आगामी दिनमा यो पार्टीमा पनि विविधता लिएर अघि बढ्ने सोच छ । भोलिको दिनमा आफूले गर्न खोजेको कार्य र सोचसँग मिल्ने पार्टी भएको र केही गर्न सक्छु भनेर जोडिएको हुँ ।
काठमाडौंमा हुर्के–बढेको मान्छे मधेशकेन्द्रित पार्टीमा आवद्धता हुँदा चुनौती चाहिं के देख्ननुहुन्छ ?

नयाँ पार्टी हुँदा चुनौती पनि धेरै छन् । संख्याको हिसाबले धेरै मधेशी मूलको जमातमा भिज्न कठिन पनि हुन सक्छ । उनीहरुको रहनसहन, भाषा, लवज मेरोभन्दा फरक छ । यी साना चुनौती हुन् । हामी बोल्दा सबै भाषाभाषी सम्मान हो भन्छौं । तर अहिले जनमत पार्टीमा जाँदा मधेशकेन्द्रित पार्टीमा किन भन्ने प्रश्न सोधिन्छ । साथीभाइ पनि किन यो पार्टी भन्दै अचम्मित भएका थिए । धेरैले उल्टो बगेको खोला जस्तो पनि भने । तर मैले सोचेको भिजन, यो पार्टीको लिडर र अन्य सदस्यसँग मेल खान्छ । परिवर्तन ल्याउन नयाँ सुरुवात हुनु नै पर्छ ।

जनमत पूर्ण मधेशकेन्द्रित पार्टी होइन । त्यहाँ पनि सबैजना सकिन्छ है भन्ने हिसाबले सहजीकरण गर्ने प्रयास हो । मधेसी मुद्दा त छँदैछन् । त्यसबाहेक यही पार्टीबाट देशमै सहज वातावरण बनाउन मेरो भूमिका हुनेछ ।

संस्कृतिमा फरक छ । तर पार्टीमा सबैको उद्देश्य भनेको देशमा सबैलाई सम्मान कसरी बनाउन सकिन्छ भन्ने नै हो । सबैलाई समेटेर अघि कसरी बढ्ने भन्ने योजना भएको कारण पनि म पनि यसमा योगदान दिन सक्छु भन्ने लाग्छ ।

अहिले युवाहरुमा बुढापाकाले सरकार चलाएनन् अब युवा नै आउनुपर्छ भनेर लागिरहेको देख्न सकिन्छ । यसैक्रममा म पत्रकार भएको हिसाबले राजनीतिज्ञसँग कामकै सिलसिलामा कुरा भइरहँदा कुनै पार्टीमा जोडिन्छु भन्ने थियो । यस दौरान मलाई यस पार्टीको अध्यक्ष डा. सीके राउतको हरेक पक्ष, लक्ष्य र विचारधारा मनपर्दै गयो । पहिलादेखि नै विचार सुन्दा र उहाँ अरुले के गर्‍यो भनेर आलोचना गर्नुको साटो आफू चाहिं के गर्ने त भनेर लागिरहेको देखेर मलाई यसमा प्रवेश गर्ने इच्छा भयो । उहाँको सोच र व्यवहारबाट म प्रभावित भएँ, त्यसपछि कुरा गर्दै विचार, विमर्श गरेर यस पार्टीको सदस्य बनेको हुँ ।

अहिले कतिपय कलाकार वा सञ्चारकर्मीहरु पार्टी प्रवेश गर्ने अनि केही समयमै छाड्ने प्रवृत्ति पनि देखिन्छ । तपाईंको यात्रा चाहिं कति लामो होला ?
राजनीति केही समय गर्छु अनि छोड्छु भनेर म पटक्कै आएको होइन । नत्र उमेरले ४० काटिसकेको, करिअरको हिसाबले पनि राम्रो चलिरहेको व्यक्ति यत्तिकै प्रवेश गरेको होइन ।

असल नेतामा हुनुपर्ने गुण के के हुन् ?

असल नेतामा हुनुपर्ने गुण भनेको पहिला सच्चा मानव हो । सच्चा मानवले जब देशको कुरा आउँछ, त्यसको विपरीत कुनै काम गर्न सक्दैन । विश्वमा अधिकांश देश भन्दा धेरै गुणा हामी राष्ट्रवादी छौं । पूर्खादेखि अहिलेसम्म पनि राष्ट्रको माया नै गरिरहेको देखिन्छ । समस्या कहाँ छ भने नेता भइसकेपछि व्यक्ति थोरै स्वार्थी भएर बिग्रिएको हो । निःस्वार्थ र देशको लागि मात्र सोच्ने, खुल्ला विचार भएमा देश मज्जाले एक सच्चा नेताले हाँक्न सक्छ ।

तपाईंभित्र चाहिं राजनीतिज्ञमा हुनुपर्ने गुण कति छ जस्तो लाग्छ ?

हुन त म एउटा काम दिएर एकैछिनमा फत्ते गर्न सक्ने मान्छे होइन । तर धेरैजना मान्छेलाई व्यवस्थापन गर्न सक्ने मान्छे भने पक्कै हो । मान्छेलाई मिलाएर राख्न सक्ने, देशलाई माया गर्ने, कूटनीतिक ढंगले काम गर्न सक्ने खुबी हुँदा आफूलाई म एउटा संगठनको समस्या समाधानकर्ता बन्न सक्छु जस्तो लाग्छ । सानो कुरालाई ठूलो बनाउने भन्दा पनि कसरी समाधान गर्ने भन्नेतर्फ लाग्छु ।

विदेशी माहोलमा भिजिसकेको तपाईंलाई स्वदेशले फेरि कसरी तान्यो ?

मेरो हुर्काइदेखि जीवनशैलीलाई हेर्दा सबैले मलाई ‘तिमी नेपाल फर्कियौ भने ६ महिना पनि बस्न सक्दिनौं’ भन्थे । तर मैले मेरो विदेशी पासपोर्ट बुझाएँ । नेपालको नागरिकताको महत्व मैले बुझें । विदेशको विलासी जीवन र रमाइलो भन्दा नेपालको संस्कृति, खानेकुरा, चाडपर्व, ठाउँजस्ता धेरै कुराले यति आकर्षित गर्‍यो कि घुम्न जाने ठाउँ जता गए पनि मेरो मुख्य शान्ति दिने ठाउँ स्वदेश नै हो भन्ने लाग्यो । म यहीं बस्छु भन्ने सोचले फर्किएर पुन: नागरिकता लिए ।

सञ्चार पेसालाई चाहिं अब के गर्नुहुन्छ ?

म पहिलादेखि नै कुनै कुरामा एक पक्षीय थिइनँ । तर पहिला जस्तो राजनीतिक अवस्थाबारे कुरा गरेर कार्यक्रम चलाए भने पार्टीको पक्ष लिएको जस्तो हुन्छ । त्यसैले मनोरन्जनात्मक कार्यक्रम चाहिं केही गर्छु होला, राजनीतिसँग जोडिएका कार्यक्रम गर्ने सोच छैन । सञ्चार पेसा भनेको मेरो पढाइ मात्र होइन मेरो व्यक्तित्व नै यसले बनाएको हो ।

अबको पाँच वर्षपछि सरिता ज्ञवालीलाई कहाँ देख्न सकिन्छ ?

‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ महाकवि देवकोटाले भने जस्तै मैले देख्ने भनेको अबको पाँच वर्षमा  राजनीतिको उत्कृष्ट स्थानमा हो । तर त्यसका लागि सबैभन्दा ठूलो मैले गर्नुपर्ने काम हो । जुन म बुझ्दै, सिक्दै अघि बढ्नेछु ।
अनलाइनखबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement