भदौ १२,काठमाडौं ।असोज ११,'नागरिक' कुमारी रथजात्राको छेको पारेर नेपालभाषाको उपन्यास कुमारी सार्वजनिक गरिएको छ । वरिष्ट उपन्यास कार मल्ल के सुन्दरद्वारा लिखित सो उपन्यास बिहीबार पाँच पूर्वकुमारी संयुत्त रुपमा विमोचन गरेका हुन् । उक्त उपन्यासमा कुमारीको ऐतिहासिक_ सांस्कृतिक पक्षको उजागर गरिएको छ ।
एड जोन प्रालिबाट प्रकाशित उपन्यासको समीक्षा गर्दै वरिष्ट समालोचक डा. ज्योतिप्रभा तुलाधरले नेपालको संकृतिमा रहेको नारी शक्तिको प्रतिक कुमारीको कथामा लेखिएको यो उपन्यास अन्तराष्ट्रिय रुपले चर्चायोग्य बताए ।'नारी शक्तिलाई लिएर उपन्यास लेखिलने चलन अन्तराष्ट्रिय रुपमा रहेको छ । यो उपन्यास पनि नेपालको संकृति ,परम्परामा रहेको नारी, शक्तिलाई महत्व दिई लेखिएको उपन्यास हो '।
उपन्यास बारे बोल्दै उनले भने ,'कुमारी नेपालमा पुजीने देवी मात्र होइन ,नारी शक्तिको प्रतिक, नारी शक्तिको केन्द्र हो । यसलाई उपन्यासकारले उपन्यासमा सुन्दर ढंगले प्रस्तुत गरेको छ । '
तर देशको लागि आफ्नै प्रेमलाई बलिदान दिने 'कुमारी' को त्यागलाई ऐतिहासिक , सांस्कृतिक पक्षसहित उजागार गर्ने कोसिस गरेको उनले बताए ।